किन प्रचण्ड निवास पुगे अमेरिकी राजदूत थम्पसन ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान प्रचण्डसँगको भेटवार्ताका लागि थम्पसन खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए ।

भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको प्रचण्डले बताएका थिए ।

‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता रहेको छ । तपाईंको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु’ भेटका अवसरमा प्रचण्डले भनेका थिए ।

आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउनुहुँदै उनले यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताए ।

राजदूत थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको बताएका थिए । उनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरुको सहयोग निरन्तर रहने विश्वास दिलाए । राजदूतले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाई लिने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु