प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन्।

स्वास्थ्यमा समस्या देखिएपछि दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो ।

१५ दिनको अस्पताल बसाइपछि उनी आज डिस्चार्ज भएको छोरी गंगा दाहालले जानकारी दिइन् । गंगाले आमाको स्वास्थ्यमा सुधार आएको बताइन् ।

केही समययता सीता अस्वस्थ छिन् । उनलाई भारत, अमेरिका लगायतका देशमा उपचारका लागि लगिए पनि अवस्थामा उल्लेख्य सुधार आउन सकेको छैन ।


क्लिकमान्डु