भारतमा पुल चुडिँदा १४१ जनाको मृत्यु, १७७ जनाको उद्धार



एजेन्सी । भारतको गुजरातस्थित मोरबी शहरमा एक पुल चुडिँदा कम्तिमा पनि १४१ जनाको मृत्यु भएको छ । यो संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ ।

बेलायती समयमा बनाइएको मच्छु नदीको यो पुल केही दिन पहिला मर्मतपछि फेरि सर्वसाधारणका लागि खुला गरिएको बीबीसीले जनाएको छ ।

त्यौहारको बिदा र आइतबार भएका कारण ठूलो संख्यामा मानिसहरु त्यहाँ छुट्टी मनाउन पुगेका थिए ।

दुर्घटनाका समयमा पुलमा ४ सय भन्दा धेरै मानिसहरु भेला भएको बताइएको छ । अहिलेसम्म १७७ जनाको उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छ्न् ।

गुजरातका गृहमन्त्री हर्ष संघवीले दुर्घटना हिजो साँझ साढे ६ बजे भएको बताए ।

१९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको मोरबी सिविल अस्पतालसहित अन्य अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

उद्धारका लागि २० वटा डुंगा परिचालन गरिएको छ भने ११० जना भन्दा धेरै सदस्य उद्धारमा जुटेका छन् ।

१०० वर्षभन्दा पुरानो मानिएको पुल ऋषिकेशको राम झूला र द्यष्मण झुलाजस्तै देखिने भएकाले सर्वसाधारणको भीड जम्मा भएको थियो । झुलता पुल भनिने यसलाई ५ दिन पहिला खुला गरिएको थियो ।


क्लिकमान्डु