१६ प्रतिशतले आयात घट्दा ३६ प्रतिशतले घट्यो निर्यात



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १६.२० प्रतिशतले आयात घटेको छ ।

भन्सार विभागको तथ्याङ्अनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १६.२० प्रतिशतले आयात घटेको हो ।

नेपालले गत वर्षको तीन महिनाको अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । चालु आवको सोही अवधिमा नेपालले ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

त्यस्तै, तीन महिनाको अवधिमा नेपालको निर्यात ३६ प्रतिशतले घटेको छ । सो अवधिमा नेपालले ४१ अर्ब ८२ करोड २ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । जुन गत वर्षको तुलनामा ३५.७१ प्रतिशतले कमी हो ।

नेपालले तीन महिनाको अवधिमा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । जसमा यो वर्ष १३.१३ प्रतिशतले कमी आएको छ ।

त्यस्तै, नेपालले तीन महिनाको अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड ८५ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो । साथै, नेपालले सो अवधिमा ९६ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु