हामीले आर्थिक परिवर्तन र सुशासन दिन नसकेकै हो : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ले हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताएका छन् ।

हरेक सफल क्रान्तिपछिका १०–१५ वर्षको बीचमा जनतामा नैराश्यता आउनुमा जनताको आर्थिक अवस्था र सुशासन दिन नसक्नु प्रमुख कारण रहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले राजनीतिक आन्दोलनले देशमा ठूला परिवर्तन ल्याएको भन्दै राजनीतिक दलहरुले जनताका एजेण्डालाई प्रमुख बनाउन नसक्दा सुशासन कायम हुन नसकेको बताए । उनले ठूला परिवर्तन भएको १०/१५ वर्षपछि राजनीतिक परिवर्तन र राजनीतिक एजेण्डाहरु बिस्तारै कमजोर हुँदै जाने खतरा देखापर्दै आएको उल्लेख गरे ।

अहिले पनि एकथरी मानिसहरु राजनीतिक दल र नेताहरुलाई गाली गर्दै आइरहेको भन्दै उनीहरु देशलाई पुनः अन्धकारको सुरुङतिर लैजान लागिपरेको बताए ।

राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्ति, आर्थिक परिवर्तन एवं सुशसाको प्रत्याभुति जनतालाई दिलाउन नसक्नुले देश अस्थिरतामा गइरहेको जिकिर गरे ।

उनले राजनीतिक नेतृत्व क्रान्ति गर्न सिपालु भएपनि जनतालाई त्यसमा समावेश गरी क्रान्तिलाई सफल बनाउने कुरामा कमजोर रहेको बताए ।


क्लिकमान्डु