कोरियन एयरको विमान चिप्लिएर घाँसे मैदानमा पुगेपछि… (तस्बिरहरु)



एजेन्सी । कोरियन एयरको विमान मध्य फिलिपिन्समा खराब मौसममा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसै मैदानमा पुगेको छ ।

विमान दुर्घटनामा परेपछि अधिकारीहरुले जहाजमा रहेका सबै १७३ जना सकुशल रहेको जनाएका छन् ।

विमान चिप्लिएसँगै सेबु प्रान्तको म्याकटन टापुमा रहेको विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा आएको तस्बिरहरूमा विमानको अगाडिको तलको भाग ठोक्किएर ध्वस्त भएको छ । एयरलाइन र उड्डयन एजेन्सीले क्षतिको विवरण सार्वजनिक गरेका छन् ।

‘सबै यात्रुहरू सुरक्षित छन्’ फिलिपिन्स उड्डयन एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दक्षिण कोरियाको इन्चेनबाट उडेको ए ३३० विमानले तेस्रो प्रयासमा रनवे ओभररन गर्नु अघि दुई पटक अवतरण गर्ने प्रयास गरेको कोरियन एयरलाइन्स कम्पनीले विज्ञप्तिमा भनेको छ । विमानको एस्केप स्लाइडमा सबै यात्रुहरूलाई बाहिर निकालेको बताएको छ ।

घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको एयरलाइन्सले जनाएको छ । कम्तिमा चार आगमन उडानहरू मनिला र नजिकैको विमानस्थलमा डाइभर्ट गरिएको थियो ।

तस्बिरहरु


क्लिकमान्डु