प्रहरी निरीक्षक लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार



पूर्व ‍गभर्नर नेपाल

काठमाडौं । प्रहरी निरीक्षक कैलाश लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार प्रदान गरिएको छ ।

आइतबार प्रशिक्षार्थी प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औं समूहको दीक्षान्त समारोह तालिममा सर्वप्रथम भएका प्रशिक्षार्थी लिम्बुलाई गृहमन्त्री बालकृष्ण खाणद्वारा कुलानन्द स्मृति पुरस्कार प्रदान गरिएको हो ।

उक्त पुरस्कार कुलानन्द ठाकुरका दुई छोरा डा. चिरञ्जीवी नेपाल (पूर्व गभर्नर) तथा ई. आनन्द नेपालद्वारा २०७६ सालमा स्थापित गरिएको हो । ठाकुर नेपाल प्रहरी निरीक्षकको पहिलो तथा प्रहरी अधिकृतको तेश्रो व्याचमा सर्वप्रथम भएका थिए ।

उक्त पुरस्कार प्रत्येक पटक प्रहरी निरीक्षक आधारभूत तालिममा सर्वप्रथम हुने उत्कृष्ट प्रशिक्षार्थीलाई दिने उद्देश्यले स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ ।


क्लिकमान्डु