प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी



काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेर बहादुर देउवाको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ ।

नेपाली नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्म मिति भएकोले प्रधामन्त्री देउवाको उम्मेदवारी खारेज हुनु पर्नै माग गर्दै नेपाली कांग्रेस विपीका उपाध्यक्ष कर्णबहादुर मल्लले डडेलधुरा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।

नागरिकतामा प्रधानमन्त्री देउवाको जन्ममिति २००३ जेठ ३१ गते र मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको छ ।

डडेलधुरामा प्रधामन्त्री देउवासँग प्रतिस्पर्धा गरिरहेका नेपाली कांग्रेस विपीका उपाध्यक्ष मल्लले कानून अनुसार उम्मेदवार हुन देउवा अयोग्य भएकाले दाबी गर्दै देउवाको मनोनयनपत्र खारेज गर्न माग गरेका छन । मल्लले दर्ता गरेको उजुरी निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको छ ।

आइतबार प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवाले निर्वाचन अधिकृतको कार्यालय पुगेर देउवाको मनोनयन दर्ता गरेकी थिइन् । देउवा २०४८ सालपछि भएका सबै निर्वाचनमा डडेलधुराबाट विजयी बन्दै आएका छन् ।


क्लिकमान्डु