कांग्रेसबाट सांसदको टिकट पाएपछि योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले पदबाट राजीनामा दिए



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले पदबाट राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसबाट चितवन क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फको सांसदको टिकट पाएपछि पौडेलले असोज २० गतेदेखि लागू हुनेगरी योजना आयोगको उपाध्यक्षबाट प्रधानमन्त्रीको कार्यालयमा राजीनामा बुझाएका हुन् ।

उनी १४ महिनाअघि योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए ।

योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई पछार्दै पौडेलले टिकट हात पारेका हुन् । पछिल्लो समय प्रधानमन्त्रीपत्नी आरजू राणासँग पौडेलको निकै सुमधुर सम्बन्ध छ ।

वाग्ले देउवा गुट छाडेर शेखर कोइराला गुटतिर लागेका थिए ।


क्लिकमान्डु