विश्व बैंकको प्रक्षेपणः आगामी वर्ष नेपालको आर्थिक बृद्धि ४.९ प्रतिशत



काठमाडौं । विश्व बैंकले नेपलाको अर्थतन्त्र आर्थिक वर्ष २०२३/२४ मा ४.९ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरेको छ ।

आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले बृद्धि हुने अपेक्षा गरिएको नेपालको अर्थतन्त्र आव २०२३/२४ मा ४.९ प्रतिशतले बृद्धि हुने अपेक्षा गरिएको हो ।

विश्व बैंककाअनुसार मौद्रिक नीतिको सामान्यीकरण, महामारीको प्रभाव, उपभोग्य वस्तुहरुमा बढिरहेको मूल्यबृद्धिजस्ता कुराहरु अर्थतन्त्रमा प्रतिबिम्बित हुनेछन् । आफ्नो पछिल्लो ‘मेक्रो इकोनोमिक अपडेट’मा विश्व बैंकले नेपालको सेवा क्षेत्रलाई टेवा पुग्ने प्रक्षेपण गर्दै जलविद्युत उत्पादनमा बृद्धि भइरहेकाले औद्योगिक वृद्धि हुनसक्ने अपेक्षा पनि गरेको छ ।

विश्व बैंकको तथ्यांकअनुसार आव २०२३/२४ मा देशको अर्थतन्त्रअन्तर्गत कृषिमा २.१ प्रतिशत, उद्योगमा ९.२ प्रतिशत र सेवा क्षेत्रमा ५.१ प्रतिशतले बृद्धि हुने अपेक्षा गरिएको छ । आव २०२२/२३ मा कृषि क्षेत्रमा २।०, उद्योग क्षेत्रमा ८.९ र सेवा क्षेत्रमा ५.६ प्रतिशतको बृद्धि हुने प्रक्षेपण भएको छ ।

त्यस्तै, आव २०२२/२३ मा ५.५ प्रतिशतले बढ्ने मूल्यबृद्धि आव २०२३/२४ मा भने केही कम हुने देखिएको छ । आव २०२३÷०२४ मा मूल्यबृद्धि ५.३ प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ ।

नेपालमा हुने वैदेशिक लगानी भने आव २०२२/२३ र आव २०२३/२४ मा स्थिर देखिएका छन् । दुबै आवमा देशको अर्थतन्त्रको ०.४ प्रतिशतको प्रत्यक्ष वैदेशिक लगानी देशमा हुने विश्वबैंकको अनुमान छ ।

देशको कुल जिडिपीको ४१.६ प्रतिशत ऋण आव २०२२/२३ मा रहने र आव २०२३/२४ मा ४०।९ प्रतिशत ऋण रहने विश्वबैंकको प्रक्षेपण छ


क्लिकमान्डु