इसेवाको सीईओमा जगदिश खड्का नियुक्त



काठमाडौं । इसेवा प्रा.लि.को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जगदिश खड्का नियुक्त भएका छन् ।

चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सीईओका रुपमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनियतताको सपथ गराएका छन् । सीईओ खड्काले बुधबार नै कार्यभार सम्हालेका छन् ।

उनीसँग बिजनेस अपरेशन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एण्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङ्गमा १२ वर्ष भन्दा धेरै समयको कार्य अनुभव रहेको छ । उनी यसअघि एफवानसफ्ट गु्रप अन्तरगतको फोनपे पेमेन्ट सर्विसमा डाइरेक्टरको रुपमा रहेका थिए ।

‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ’ नवनियुक्त सीईओ खड्काले भने, ‘डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छ । मैले इसेवाका सेवालाई अझ विस्तार गरि आम मानिसको दैनिक जनजीवन सहज बनाउनका लागि भूमिका खेल्नेछु र कम्पनीलाई अझ सशक्त बनाउँदै अगाडी बढ्नेछु ।’


क्लिकमान्डु