पुनर्बीमा कम्पनीले पुनर्बीमा स्मारिका प्रकाशन गर्ने, लेख रचना माग



काठमडौं । नेपाल पुनर्बीमा कम्पनीले नवौं वार्षिकोत्सवको उपलक्ष्यमा पुनर्बीमा स्मारिका, २०७९ (पहिलो अंक) प्रकाशन गर्ने भएको छ ।

कम्पनीले उक्त अंकमा लेख÷रचना समावेश गर्न इच्छुक लेखकहरूबाट लेख÷रचनाहरू माग गरेको हो ।

इच्छुक लेखकहरूले असोज २५ गतेभित्र कम्पनीको इमेल ठेगाना [email protected] मा पठाउन सक्ने कम्पनीले जनाएको छ ।

लेख/रचनाको माध्यम नेपाली भए प्रिति फन्ट र अंग्रेजी भए टाइमस न्यू रोमनमा टाइप गरेको हुनुपर्ने कम्पनीद्धारा जारी सूचनामा उल्लेख छ ।

कम्पनीकाअनुसार लेख/रचना न्यूनतम १५ सय शब्द र अधिकतम ३ हजार शब्दमा लेखिएको हुनुपर्ने छ ।

यस अघि प्रशासन भएका लेखरचना अस्वीकृत हुने कम्पनीले जनाएको छ । स्तरीय, विश्लेषणत्मक, अनुसन्धात्मक र समसामयिक लेख/रचनालाई प्राथमिकतामा राखिने छ । साथै, छनौट भएका लेख/रचनाको लागि उचित पारिश्रमिकको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले लेख/रचनाको विषयहरू बीमा, जीबन बीमा, निर्जीबन बीमा, पुनर्बीमा, लघुबीमा, बीमाको अण्डरराईटिङ्ग, दाबी, बजारीकरण, कानून परिपालना बीमा बजार, पुँजी बजार, मुद्रा बजार, बीमाको लेखा प्रणाली, लेखापरीक्षण, बीमांकीय मूल्याङ्कन स्वास्थ्य बीमा कार्यक्रम बीमा मध्यस्थकर्ता बीमाको आर्थिक तथा वित्तिय क्षेत्रसँगको सम्बन्ध बीमासँग सम्बन्धित संस्थाहरू र तिनको भूमिका राष्ट्रिय अर्थतन्त्रमा बीमाको भूमिका एवं योगदान, बीमकको संस्थागत सुशासन तथा सामाजिक उत्तरदायित्व सम्पत्ति शुिद्घकरण र बीमा क्षेत्रमा यसको प्रभाव, बीमा तथा पुनर्बीमाको राष्ट्रिय एवं अन्तराष्ट्रिय अभ्यास निक्षेप तथा कर्जा सुरक्षण लगायतका हुने पर्ने जनाएको छ ।


क्लिकमान्डु