नेपाल बैंकको डबल धमाका मुद्दती खातामा पैसा दोब्बर हुन लाग्ने समय घट्यो



काठमाडौं । नेपाल बैंकको डबल धमाका मुद्दती खातामा पैसा दोब्बर हुन लाग्ने समय घटेको छ ।

ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी ती खाताहरुलाई थप आकर्षित बनाएको जनाएको छ ।
नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा ५ वर्ष ९ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ ।

यसमा न्युनतम २५ हजार भन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । यो योजनामा बैंकले ५ लाख रुपैयाँ सम्मको क्रेडिट कार्ड सुबिधा उपलब्ध गराउने छ । सरकारी बैंक भएको र जनबिश्वास उच्च भएका कारणले लामो समयमको मुद्दतीमा ग्राहकहरुको धेरै नै आकर्षण रहेको देखिन्छ ।

संघ संस्थाहरुको लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता संस्थागत संचालनमा ल्याएको छ । यसमा जम्मा गरेको रकम ७ वर्ष २ महिनामा नै दोब्बर हुनेछ । यसमा संस्थाहरुले १ लाख भन्दा माथिको रकमको रकम जम्मा गर्न सक्नेछन् ।
बैंकले बिदेशमा कार्यरत नेपालीहरुको लागि नेपाल बैंक डबल धमाका मुद्दती खाता रेमिट्यान्स संचालनमा ल्याएको छ ।

अबदेखि यो खातामा बिदेशबाट प्राप्त रेमिट्यान्सको रकम जम्मा गर्दा मात्र ५ वर्ष ५ महिना नै सो रकम दोब्बर हुनेछ । यसमा न्यूनतम २५ हजार भन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । नेपाल बैंक सरकारी बैंक भएको र नेपालभर शाखा संजाल भएको कारणले पनि बिदेशमा रहेका नेपालीहरुबीच नेपाल बैंकको डबल धमाका रेमीट्यान्स मुद्दतीखातामा बढ्दो आकर्षण देखिएको छ ।

बैंकले २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।


क्लिकमान्डु