दुई वटा लघुवित्तको सेयर कारोबार रोक्का



काठमाडौं । दुई वटा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ ।

आरएमसीडी लघुवित्त वित्तीय संस्था र साना किसान विकास लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षरसँगै कारोबार रोक्का भएको हो ।

भदौ ३१ गते दुवै कम्पनीबीच मर्जरका लागि सम्झौता भएको छ । मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुने छ ।

मर्जरपछि आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० कित्ता सेयर हुनेले मर्जरपछि ८७ कित्ता सेयर पाउनेछन् ।


क्लिकमान्डु