राष्ट्रपति र माधव नेपाललाई बालेनको प्रश्न: कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपति र एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई तीनकुनेको समस्या समाधान नगरी कसरी जनतामाझ जानुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

शाहले शनिबार सामाजिक सञ्जालबाट अध्यक्ष नेपाललाई प्रधानमन्त्री भइसकेको भन्दै आफ्नो निर्वाचन क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्यालाई समाधान नगरेकोले ‘कुन मुख देखाएर’ जनतासँग भोट माग्न जानुहुन्छ भन्द प्रश्न गरेका छन् ।

चुनाव आउन अझै २ महिना बाँकी रहेको र सरकार पनि आफ्नै रहेकोले समस्या समाधान गर्न सुझाव दिएका छन् । उनले भनेका छन्, ‘आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’

तीनकुने काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा पर्दछ जहाँबाट माधव कुमार नेपाल निर्वाचित भएका थिए ।


क्लिकमान्डु