प्रभु र एनसीसी बैंकले रेमिट्यान्स मुद्दतिमा सबैभन्दा बढी ब्याज दिने



काठमाडौं । दुई वटा बैंकले रेमिट खातामा सबैभन्दा बढी ब्याज दिने भएका छन् ।

सञ्चालनमा रहेका २६ वटा बैंकमध्ये दुई वटाले रेमिट खातामा धेरै ब्याज दिन लागेका हुन् । अन्य बैंकले १३.१३ प्रतिशत ब्याज दिँदा प्रभु र एनसीसी बैंकले १५ प्रतिशतभन्दा बढी ब्याज दिने भएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा रेमिट निक्षेपमा व्यक्तिगत निक्षेपमा दिनेभन्दा न्यूनतम १ प्रतिशत बढी ब्याज दिने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार बैंकहरुले रेमिट निक्षेपमा बैंकहरुले दिने निक्षेपको ब्याजमध्ये रेमिट निक्षेपमा १३.१३ ब्याज दिने व्यवस्था गरेका हुन् ।

प्रभु बैंकले रेमिट निक्षेपमा निक्षेपमा १५.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ । यो सबैभन्दा बढी हो । यस्तै प्रभुपछि धेरै ब्याज दिनेमा एनसीसी बैंक रहेको छ ।

बैंकले रेमिट् निक्षेपमा १५ प्रतिशत ब्याज दिने भएको छ । दुबै बैंकले घोषणा गरेको ब्याजदर असोज १ गतेबाट लागू हुनेछ ।

बिहीबार बसेको बैंकर्स संघको पूर्णबैठकले यसअघिको भद्र सहमति तोडेर राष्ट्र बैंकको निर्देशनअनुसार अघिल्लो महिनाको भन्दा १० प्रतिशतसम्मले तलमाथी गर्न पाउने व्यवस्था गरेको छ ।


क्लिकमान्डु