प्रभु बैंकले रेमिट्यान्स निक्षेपमा १५.१३% ब्याज दिने



काठमाडौं । प्रभु बैंकको मुद्दती निक्षेपमा पैसा राख्दा १५.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैंकले असोज महिनाका लागि जारी गरेको नयाँ ब्याजदरमा तीन महिना वा सो भन्दा बढीका लागि ‘प्रभु उन्नती मुद्दती निक्षेपमा १५.१३ प्रतिशत ब्याज पाइने छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइनेछ ।

यस्तै संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम जोडिने छ ।


क्लिकमान्डु