प्राइम बैंकले सार्वजनिक गर्यो असोजको नयाँ ब्याजदर, केमा कति ?



काठमाडौं । प्राइम बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

असोजमा बैंकको ब्याजदर बढेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ ।

रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैैंकबाट ऋण लिँदा आधारदरमा ६.९९ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १६.९८ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

बैंकबाट ५ देखि २० वर्षका लागि होम लोन लिँदा १४.१५ प्रतिशत ब्याज लाग्ने छ । यस्तै हायर पर्चेज लोन, मोटरेज लोन, अन्य पर्सनल लोन १ वर्ष भन्दा बढी अवधिका लागि ऋण लिँदा १४ देखि १५ प्रतिशत ब्याज लाग्ने छ ।


क्लिकमान्डु