एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । एनएमबि बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरे अनुसार असोजमा ब्याजदर बढेको छ । नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ ।

बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बचतमा जिरो ब्यालेन्स देखि निश्चित रकम राखेर खाता खोल्न सकिने बैंकले जनाएको छ । बैैंकबाट ऋण लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ९.९७ प्रतिशत रहेको छ ।


क्लिकमान्डु