आइएमई पेसँग डिजिटल दशैं तिहारः डिजिटल भुक्तानी गर्दा लाखौंको उपहार



काठमाडौं । महान चाड, दशैं, तिहार तथा छठको पावन अवसरमा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक, आइएमई पेले पहिलो पटक भव्य स्तरमा आइएमई पे डिजिटल दशैं तिहार २०७९ अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७९ साला आश्विन १ गते देखि कार्तिक १५ गतेसम्म जम्मा ४६ दिनसम्म कायम हुनेछ ।

नेपालको सर्वश्रेष्ठ अनलाइन शप्पिङ साईट, दराजसँगको सहकार्यमा सार्वजनिक गरेको यस अफरमा आइएमई पे मार्फत अफर अवधि भरी कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबिपिएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आइ टिभिको प्याकेज, दराजको हजारौँ भाउचर कोड देखि लिएर १ जना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाईम एक्सेस र दुईजना भाग्यशाली विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर इ-स्कुटर पनि उपहार स्वरुप प्रदान गरिनेछ ।

आइएमई पे मोबाईल वालेटमार्फत् विभिन्न कार्य तथा सेवाहरूको लागि सहजै अनलाइन भुक्तान गर्न सकिन्छ । यसै डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरू माझ अझ बढावा दिन यस महा–अफर मार्फत आइएमई पेबाट विभिन्न भुक्तानी गरे बापत पनि उपहारहरू प्रदान गरिनेछ ।

अफर अवधि भरी आइएमई पेबाट क्यूआर भुक्तानी गर्ने ५ जना भाग्यशाली विजेताले सामसुङ स्मार्टवाच ४ (प्रति), मोबाईल रिचार्ज गर्ने १ जना भाग्यशाली विजेताले एप्पल म्याक्बुक एयर १३.६ एमटु, हवाइ टिकट काट्ने २ जना भाग्यशाली विजेताले १ तोला २४ क्यारेट सुन (प्रति), आइएमई पेमा बैंकको खाता लिङ्क गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ ग्यालेक्सी ट्याब एस सेवेन+ (प्रति) र आइएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ स्मार्ट टिभि (५५ इन्च, प्रति) पाउनुहुनेछ ।

चाडपर्व कै अवसर पारी आइएमई पे मार्फत् क्रिस्टल डाइग्नोस्टिक, सिनामंगलमा भुक्तानी गर्दा प्रयोगकर्ताहरुले १५ प्रतिशत छुट र हिमाल डेन्टलमा १५ प्रतिशत छुट पनि प्राप्त गर्न सक्नुहुनेछ । साथै आइएमई पेको प्रयोगकर्ताहरुले आइएमई पे एपमा कुनै पनि कारोवार गरेको आर्थिक बिवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप पनि पाउनेछन् ।

दैनिक उपहारको विजेताहरुको घोषणा हरेक हप्तामा एक पटक सामाजिक संजालमार्फत् हुनेछ भने अरु सबै उपहारहरुको विजेताको घोषणा अफर अवधि पश्चात सामाजिक संजालमा तथा कम्पनीको लागि सम्भावित कुनै पनि माध्यममार्फत् हुनेछ । सम्पूर्ण विजेताहरुले अफर अवधिको अन्त्यमा मात्रै उपहारहरु प्राप्त गर्नु हुनेछ ।

उपहारको लागि योग्य हुन प्रयोगकर्ताहरुले मुख्यतः आइएमई पे एपमा आफ्नो केवाइसि प्रमाणित गर्नु पर्ने नियम कम्पनीले स्पष्टाएको छ । यस्का साथै आइएमई पे एपमा क्यास-इन र क्यास-आउट बाहेक अरु सम्पूर्ण भुक्तानीमा उपहार जित्न मिल्ने नियम रखिएको छ । यस अफर सम्बन्धि विस्तृत जानकारी तथा नियम र सर्तहरु आइएमई पेको आधिकारिक वेभ पेजमा उपलब्ध हुनेछ ।


क्लिकमान्डु