१ लाख ४७ हजार ऋणीले पाए सहुलियतपूर्ण कर्जा, २ खर्ब १३ अर्ब बक्यौता



काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७९ साउन मसान्तमा १ खर्ब १० अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ ।

साउन मसान्तसम्ममा १ लाख ४७ हजार २३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब १३ अर्ब ६६ करोड कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५९ हजार ८ सय ७९ ऋणीलाई १ खर्ब ३९ अर्ब ४८ करोड कर्जा बक्यौता रहेको छ । यस्तै महिला उद्यमशील कर्जा अन्तर्गत ८४ हजार ३ सय ५ महिला उद्यमीलाई प्रवाह भएको ७० अर्ब ५२ करोड कर्जा बक्यौता रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ३९ ऋणीको ३ अर्ब ६६ करोड कर्जा बक्यौता रहेको छ ।
‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७९ साउन मसान्तसम्ममा ९७ करोड ४० लाख स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु