महानगरविरुद्ध फुटपाथ र साना व्यापारीको प्रदर्शन, बालेनलाई ध्यानाकर्षण बुझाउन पुगे



काठमाडौं । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरिरहेको छ ।

काठमाडौं महानगरपालिकाले विधि र कानूनी प्रकृया विपरित निर्माण भएका संरचना हटाउने अभियान सञ्चालन गरिरहँदा सडकपेटी तथा गल्लीहरुमा व्यापार गरेर जीवन चलाउने निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको सामान कब्जा गर्ने, श्रमिकहरुलाई हातपात र गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेको र विकल्पको व्यवस्था नै नगरी गरिखाने श्रमिकहरुलाई बेरोजगार बनाउने काम गरेको भन्दै महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

बिहीबार बिहान ११ बजे सुन्धाराबाट सुरु भएको र्‍याली वीर अस्पताल, रत्नपार्क, भद्रकाली, शहिदगेट हुँदै महानगरपालिका कार्यालय पुगेको थियो ।

जिफन्ट निकटको नेपाल स्वरोजगार व्यापार श्रमिक संघका पदाअधिकारीहरु महानगर प्रमुख बालेन्द्र शाहलाई ध्यानाकर्षणको रुपमा ज्ञापनपत्र बुझाउन गएका छन् ।


क्लिकमान्डु