रुस जस्तो महाशक्तिसँग २०१ दिनदेखि कसरी भिडिरहेको छ सानो देश युक्रेन ?



बीबीसी । पछिल्ला दुई सय वर्षमा एउटा ठूलो र सानो देशबीचमा भएको युद्धमा सानो देशले जित्ने प्रतिशत कति हुन्छ होला ? यदि त्यो ठूलो देशको जनसंख्या सानो देशको तुलनामा १० गुणा धेरै छ भने के तपाईंलाई लाग्छ ठूलो देशको जित हुन्छ ?

हामीमध्ये धेरैलाई लाग्छ, ठूलो देशको जित्ने सम्भावना शतप्रतिशत हुन्छ ।

चर्चित अमेरिकी लेखक मैल्कम ग्लैडवेलले आफ्नो पुस्तक ‘डेविड एण्ड गोलायथः अन्डरडग्स, मिसफिट्स एण्ड द आर्ट अफ बैटलिंग जायन्ट्समा लेख्छन्, ‘राजनीतिक शास्त्री इवान एरेन्गग्वीन-टाफ्टले एक अध्ययनमा ठूलो देशको जित्ने प्रतिशत ७१.५ हुन्छ भन्ने प्रमाणित गरेका छन् । छापामार वा गुरिल्लाले युद्ध लडेमा सानो देशले जित्ने सम्भावना ६३.६ प्रतिशतसम्म हुन्छ ।’

के युक्रेन इतिहासको एक तिहास देशहरुको सुचिमा आउन सक्छ त ? जसले आफूभन्दा कैयौं गुणा ठूलो देशलाई जित्न सकेको हुन्छ ?

रुस कम्युनिष्ट शक्ति सोभियत संघको शक्तिशाली सैन्य शक्तिको उत्तराधिकारी हो । ७० वर्षसम्म अमेरिका र पश्चिमा देशहरुको आँखामा आँखा जुघाएर हेर्ने उसको सेना फलामसरह थियो । एक जमाना थियो, जब मस्कोमा कम्युनिष्ट पार्टीको नेतृत्वकर्तासँग दुनियाँलाई कैयौं पटकसम्म बर्बाद गर्न सक्ने परमाणु हतियारको बटम थियो । यो समयलाई ‘शीत युद्ध’ भनिन्छ जुन आफैंमा एउटा विरोधाभासी अवस्था हो ।

त्यो सेना, जसको चर्चा पुरै दुनियाँमा थियो र जसले हिटलरको नाजी प्रशासनलाई समाप्त बनाउनका लागि अग्रणी भूमिका खेलेको थियो, त्यसले सन् १९८० को दशकमा अफगानिस्तानमा आफ्नो पहिलो हार भोगेको थियो ।

नेटो र युरोपिय संघको चेतावनी हुँदा हुँदै रुसले यो वर्ष २४ फेब्रुअरीमा युक्रेनमा आफ्नो सेना पठायो । रुले आफ्नो कदमलाई नियमित ‘मिलिट्री क्याम्पेन’ भनेतापनि यो युक्रेनमाथि गरेको हमला थियो । तर, २०१ दिनदेशि रुसजस्तो महाशक्तिसँग सानो युक्रेन भिडिरहेको छ ।

सायद रुसको अपेक्षा कमजोर युक्रेन रुसको शक्तिशाली सेनाअिघ केही दिनमा नै पराजित हुने र रुसको सैन्य अभियानको उदेश्य पुरा हुने थियो । हावा, पानी र जमिन सबैतिरको बाटोबाट रुसले सुरुवाती केही घण्टामा युक्रेनमा हमला गरेर अस्तव्यस्त बनाएको थियो । लाग्थ्यो, केही दिनमा नै युक्रेनको अस्तित्व जोखिममा हुनेछ ।

पश्चिमा देश र अमेरिकाले रुसको आलोचना गरिरहेको थियो । रुसमाथि आर्थिक प्रतिबन्ध लगाइरहेका थिए । तर, शीत युद्धको समयदेखिका अलिखित नियमका कारण उनीहरु प्रत्यष युद्धमा सामेल भने भएका छैनन् । किनकी, नेटोले यो युद्धमा सामेल भएमा यसको अवस्था नै फरक हुन जान्छ ।

नेटोलाई युद्धमा सहभागी हुन कसले रोक्यो त ? यसको सरल जवाफ छ, युद्ध फैलिने डरले । पश्चिमका नेताहरुको दिमागमा रुसले युक्रेनमा परमाणु हतियारको प्रयोग गर्ने वा युक्रेनको संघर्ष ठूलो युरोपिय युद्धमा परिवर्तित हुन्छ कि भन्ने डर छ ।

प्रत्यक्ष युद्धमा सामेल हुनु बाहेक पश्चिमा देशहरुसँग एउटैमात्र विकल्प थियो, युक्रेनलाई सैन्य सहयोग गर्ने ।

अमेरिका र युरोप दुबैले नेटोका नियमहरुका आधारमा युक्रेनलाई गोला बारुद र अन्य ससाना हतियारहरुको सहयोग गर्न थालेका थिए । यी हतियारहरुमा ‘हिमारस’ अर्थात् ‘एम वानफोटु हाइ मोबिलिटी आर्टिलरी रकेट सिस्टम’ पनि सामेल थियो । यो एक कदमले युद्धमा निर्णायक भूमिका खेल्यो । यो प्रणालीले लामो दुरीसम्म हमला गर्न सक्ने क्षमता राख्छ । रुसले पनि यी रकेटहरु उसका लागि समस्या हुनसक्ने जानेको छ । त्यसकारण उसले अमेरिकी कदमको आलोचना गरेको थियो ।

पश्चिमी देशबाट प्राप्त सहयोग र बीच बीचमा कैयौं नेताहरुमाथि भएको रुसी खतराका बीच किएभ (युक्रेनको राजधानी)को अवस्थाले यद्धको समयमा हिम्मत बढाएको थियो । पश्चिमा देशर अरेक अवसरमा युक्रेनका राष्ट्रपति तथा पूर्वकमेडियन जेलेन्सीलाई मञ्च दिने गर्छन् । उनलाई संयुक्त राष्ट्र संघदेखि युरोपिय संसदसम्ममा सम्बोधन गर्ने अवसर प्राप्त भएको छ ।

तर, यो सबैका बीच युक्रेनले युद्ध लड्ने शैलीमा अप्रत्याशित परिवर्तन गरेको छ । रुसी सेनासँग खुल्ला मैदानमा युद्ध लड्नुको सट्टा युक्रेनको सेनाले सुरुवाती दिनमा रुसी फौजलाई शहरी इलाकामा ल्याएको थियो । आम जनतालाई राइफल र साना रकेट लञ्चर दिइएको थियो । युक्रेनको विारधेको केन्द्र खुल्ला मैदान नभएर धेरै जनसंख्याको बसोबास भएको शहरी इलाका रहेको थियो ।

रुसले कीएव र खारकीएवजस्ता ठूला शहरमा आक्रामकरुपमा हवाई हमला गरेको थियो र अहिले पनि यस्ता हमला भइरहेका छन् । तर, रुसी सेना सायद यो युद्ध शहरमा लड्ने योजना लिएर आएको थिएन ।

रुसको जीत तब नै हुन्छ जब युक्रेन हार्नेछ । तर, युक्रेन यो युद्धलाई लामो बनाउन चाहन्छ । र रुसलाई युद्ध जित्न नदिनुलाई पनि अर्को जीतभन्दा कम भन्न सकिँदैन । युद्धको अन्तिम परिणामको बारेमा दुबै पक्षको फरक फरक उदेश्य भएकाले यो युद्ध नै फरक भएको छ ।

दोस्रो महत्वपूर्ण कुरा आम जनताले युक्रेनको सेनालाई काँधमा काँध मिलाएर युद्धमा होमिनु पनि हो । रुसलाई सायद यस्तो हुन्छ भन्ने अपेक्षा नै थिएन ।

फेब्रुअरीसम्म द्विप्रो नदिमा धेरै पानी बगिसकेको छ । युक्रेनले सायद रुसलाई एउटा निश्चित निर्णायक जितको स्वाद चाख्न नदिन सक्छ ।

पछिल्ला केही दिनहरुमा युक्रेनको सेनाले नयाँ घोषणा गर्दै रुसको कब्जामा रहको देशको पूर्वीभागको ३ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको बताएको छ । यदि यो दावी सत्य भएमा पछिल्लो ४८ घण्टामा युक्रेनको सेनाले रुसबाट छुटाएको क्षेत्र तीन गुणा बन्छ । पुनः आफ्नो क्षेत्राधिकारमा ल्याएको भनिएका यी क्षेत्रहरुमा पत्रकारलाई जान निषेध भएकाले यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

शनिबार युक्रेनी सेनाले देशको पूर्वमा रुसको कब्जामा रहेको लिजुम र कुपियांस्कमा प्रवेश गरेको थियो । यीनै शहरहरुबाट रुसी सेनासम्म खाना र हतियार पुग्ने गरेको थियो । यो एक ढंगमा पूर्वी युक्रेनमा रुसी युद्ध सेनाका लागि ‘सप्लाई टाउन’ हो ।

रुसको रक्षा मन्त्रालयले पनि लिजुम र कुपियांस्कबाट पछि हटेको स्वकिारेका छन् । तर, मन्त्रालयले यस्तो कदम पुनः एकपटक एकजुट हुनका लागि गरिएको बताएको छ । रुसी रक्षा मन्त्रालयले बलाक्लिया नामको अर्को शहरबाट पनि आफ्नो सेना हटाएको घोषणा गरेको छ । युक्रेनी सेना शुक्रबार यो शहरमा पुगेको थियो ।

युक्रेनको प्रतिक्रियात्मक आक्रमणको गतिबाट रुस चिन्तित देखिएको छ । यहाँसम्मकी पुटिनका समर्थक चेचेन लिडर रमजान कादिरोव पनि उनको रणनीतिमाथि प्रश्न गर्न थालेका छन् । सामाजिक सञ्जालको माध्यम टेलिग्राममा एक पोस्ट गर्दै कादिरोवले युद्धमा रुस कमजोर भएमा उनले देशको नेतृत्वकर्तालाई यस विषयमा स्पष्टिकरण सोध्न सक्ने बताएका छन् ।

अर्कातिर, युक्रेनले भने रुसले पूर्वी क्षेत्रमा विभन्न शैलीबाट निशाना बनाएर एउटा ठूलो क्षेत्रलाई अँध्यारोमा पुर्याइरहेको बताएको छ । चेचन युद्धमा रुसलाई कुनै विरोधी टक्कर दिँदा जस्तै अहिले पनि रुसले पुर्वी युक्रेनमा जथाभावी हवाई र मिसाइल आक्रमण गरिरहेको छ।

यसअघि खारकिएव र किएवमा पनि रुसले हवाई हमला गरेको थियो । तर, अहिले पुर्वी युक्रेनमा जे भइरहेको छ, त्यो एकदमै महत्वपूर्ण कुरा हो । किनकी राजधानी किएवपछि रुसी सेना पछि हटेको यो ठूलो घटना रहेको छ ।

अहिलेसम्म पश्चिमा हतियारहरुको सहारामा युक्रेनले रुसलाई आफ्नो क्षेत्रमा जरा गाड्न दिएको छैन् । तर, यदि रुसलाई पूर्ण रुपमा खेदाउन चाहने हो भने केही ठूलो काम गर्नुपर्ने हुन्छ ।

अहिले युक्रेनका अधिकांश नागरिक वोलोदिमिर जेलेन्स्कीलाई युद्धको नायक मानिरहेका छन् । तर, उनले रुसले गरिरहेको हमलाको विषयमा भएको तयारीलाई लिएर आलोचना पनि भइरहेको छ । खासगरि अमेरिकाको तर्फबाट पटकपटक चेतावनी हुँदा हुँदै पनि जेलेन्स्की कदम चाल्लबाट पछि हटेका छन् । किनकी, उनी यस्तो कदमले डर पैदा हुने र युक्रेनको अर्थव्यवस्थामा नोक्सान हुने ठान्छन् । युक्रेनको सामुन्ने थुप्रै चुनौतीहरु छन्, जसको एउटा उदाहरण ‘किएव इण्डिपेन्डेन्ट’को न्युजरुपमा पनि देखिएको छ ।

अंग्रेजी भाषाका समाचार वेबसाइडले हमलाको केही सातापछि काम सुरु गरेको थियो । त्यहाँका प्रधान सम्पादक ओलगा रुन्गेले भनेअनुसार फेब्रुअरीसम्म सबै कुरा अनिश्चित अवस्थामा थियो । उनीहरलाई पुरै देशमा आक्रमण हुन्छ होला र आफू जिउँदै हुनेछौं वा हुँदैनौ भन्ने पनि थाहा थिएन । आज पनि यहाँ बस्न पाउनु स्वतन्त्रता पाएको अवस्थामा एकदमै महत्वपूर्ण लागेको छ उनीहरुलाई ।

रुस र युक्रेनको युद्धमा लामो समयसम्म युक्रेनमाथि रुसले दवाब दिइरुहेको थियो । अहिले ठीक उल्टे भएको छ । तर, चुनौतीहरु थुप्रै छन् । पछिल्ला चारपाँच दिनको लडाईंमा युक्रेनको सेनाले रुसमाथि दवाब सिर्जना गरेको छ । सानो देश भएर पनि रुसमाथि युद्धमा जीत हासिल गरेमा युक्रेनले इतिहासमात्रै रच्दैन, युक्रेनले आफ्नो अतिक्रमण हुनसक्ने जोखिमलाई पनि कम गर्छ । तर, यो फलामको च्यूरा चपाएसरह छ ।

आफूलाई स्वतन्त्र बनाउनका लागि युक्रेन अहिले अरु कुनै देशको भरमा छ । तर, यस्तो पनि मान्न सकिन्छ कि रुस सायदै आफ्ना ती उदेश्य पुरा गर्न सक्छ, जसका लागि उसले आफ्नो सेना युक्रेनमा पठाएको थियो ।


क्लिकमान्डु