नयाँ पुस्ताको काँधमा अर्बौंका कम्पनी



एजेन्सी । कम्पनीहरु अवरोध र अनिश्चितताले भरिएको दुनियाँमा सान्दर्भिक रहनका लागि परिवर्तनहरुबाट जानुपर्छ । भारतीय व्यापामा इतिहासले विगत तीन दशकमा ल्याएजति परिवर्तन देखिएको छैन । यसकारण ठूला कम्पनीहरुले आफ्नो मुल व्यावसायमा राम्रो र कडा निगरानी लिन र समयअनुसार नयाँ अवसर खोज्नमा बाध्य भएका छन् ।

यसले भएको कामलाई गाह्रो मात्रै बनाउने नभएर हुनसक्ने त्रुटिहरुलाई पनि निकै कम गर्छ । उच्च मात्रामा सही निर्णय छिटो समयमा लिनसक्ने र संसारलाई ‘ओयस्टर’का रुपमा हेर्नु भनेको यसलाई सही बनाउने तत्वहरु हुन् ।
रुपान्तरणको यो अविश्वशनिय कथा बोक्नेहरु कमपनीका उत्तराधिकारीहरु हुन्, जो धेरै आत्मविश्वासी, उत्साहले भरिएका र साहसी छन् ।

यो सुचिमा आफ्नो व्यावसायलाई थप सुदृण बनाउँदै लगेका र रिटेल, डिजिटल सेवा, बन्दरगाह व्यवस्थापन, सुचिना प्रविधि, स्वास्थ्यसेवालगायतका क्षेत्रमा द्रुत गतिमा अघिबढिरहेका व्यक्तिहरुलाई प्रस्तुत गरिएको छ । उनीहरुले नयाँ ‘भारत आइएनसि’को प्रतिनिधित्व गर्छन्, जहाँ पुँजीको पहुँच धेरै सजिलो छ । प्रविधि पनि धेरै भरपर्दो छ । र, विचारको योग्यता प्रायः अद्वितीयरुपमै बिक्री हुने किसिमको छ । यसले कतिसम्म हासिल गर्न सकिन्छ भन्ने कुरालाई आकर्षक संयोजनका साथ बनाउँछ ।

भारतीय व्यावसायको सबैभन्दा रुचिकर अवस्थामा प्रवेश गर्दा अहिलेको नयाँ पुस्ता भेटिन्छ, जसले आर्थिक शक्तिका भारत कस्तो देखिन्छ भन्ने रुपरेखा कोर्नेछ । अर्बौंको लगानी गर्ने निर्णय गरिरहँदा उनीहरु २० देखि ३० वर्षका मात्रै छन् भन्ने कुराको विश्वास गर्न गाह्रो छ । तर, यहि कुरा हो जसले यो समूहलाई फरक बनाएको छ । ‘इण्डिा आइएनसी’लाई आगामी दशकमा परिभारित गर्नसक्ने ठूला व्यवासायिक समूहमा रहेका यी अग्रगामी युवाहरुको कुरा गरौं ।

इशा र आकाश अम्बानी

जब मुकेश अम्दानीले ‘रिलायन्स जिओ’को बोर्डबाट गत जुनमा राजीनामा दिएर आफ्नो जिम्मेवारी जेठा छोरा आकाशलाई दिए, यसले नयाँ पुस्तालाई २१७ बिलियनको जिम्मेवार बनाएको थियो, जसको उल्लेखनीय उपस्थिति तेल, टेलिकम र रिटेलसँगै अन्य क्षेत्रमा थियो । यो जिम्मेवारीमा आउनुअघि ३० वर्षका मुकेशले ८ वर्षसम्म कम्पनीको डिजिटल सेवा क्षेत्रमा काम गरेका थिए, जसमा टेलिकम एउटा महत्वपूर्ण तत्व थियो ।

सन् २००३ मा मुकेश अम्बानीले रिलायन्ट इन्फोकमको घोषणा गरेका थिए, जुन दुई वर्षपछि व्यापारिक टुटफुटका कारण उनको कान्छोभाई अनिलको भएको थियो । मुकेशले पुनः टेलिकम क्षेत्रमा तब प्रवेश गरे, जब सन् २०१० मा लाई ‘ब्रोडब्याण्ड वायरलेस स्पेक्ट्रम’को अनुमति दिइएको थियो । सन् २०१६ सेप्टेम्बरमा जियोको शुरुवात भएको थियो ।

तेल व्यावसायको प्रतिबिम्बबाट उठेको भनिएको जियोले सुरुवातको आफ्नो पुँजीमा धेरै गुणा बृद्धि देखाएको छ । इन्टरनेट डेटा र फोन दुवै क्षेत्रमा जियोले सुरुवातमै प्रभाव पार्दै धेरै प्रयोगकर्ता कमाएको छ । पछिल्लो समयमा जिओका प्रयोगकर्ताहरु ४१३ मिलियनको आसपास भएको देखिन्छ, जसलाई भारती एयरटेल र भोडाफोनको आइडियाले पछ्याइरहेका छन् । कुल प्रयोगकर्ता १.१५ बिलियन भएको अवस्थामा जियोसँग ३६ प्रतिशत प्रयोगकर्ता छन् ।

पछिल्लो पटक ‘फाइभ जी’को अनुमतिका लागि भएको लिलामीमा जिओले ८८ हजार ७८ करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । जुन कुल लगानी १ लाख ५० हजार १७३ करोडको ५६ प्रतिशत हो । अन्य सञ्चालकभन्दा जिओले कैयौ। गुणा लगानी गरेको छ।

डेटा नै नयाँ तेल हो भन्ने विश्वासलाई बढाउँदै जिओलाई थुप्रै सेवाहरु सञ्चालन गर्ने मौका उपलब्ध भएको छ । आज आकाशको हातमा रहेको जिओ व्यावासायदेखि व्यवासाय (बि टु बि) र व्यावसायदेखि उपभोक्ता (बि टु सी) समाधानहरु खोजिरहेको छ, जसले यसलाई सेलुलर सञ्चालकहरुको माझमा मात्रै नभएर भारतसँग विश्वभरका सुचिना प्रविधिका ठूला कम्पनीहरुको विरुद्धमा खडा गरेको छ । यो किसिमले कम्पनी आक्रामक हुनुको धेरै श्रेय आकाशलाई जान्छ । उनलाई नजिकबाट चिन्नेहरुले भनेअनुसार उनी प्रतुस्तिकरण गर्दै प्रश्नहरु लिँदै परिपक्वरुपमा त्यो भूमिकामा उत्रिएका छन् ।

रियालयन्स इन्डसट्रिज (आरआइएल)को हालसालैको वार्षिक साधारण सभामा मुकेश अम्बानीले उत्तराधिकारीको घोषणा गरेका थिए । जसमा आकाशले टेलिकम, इशाले रिटेल र कान्छा छोरा अनन्ले नव–उर्जा व्यावसाय हेर्ने भनिएको थियो ।

करिब एक दशकअघिसम्म रिलायन्स इन्टसट्रिज केवल पेट्रोलियम र रिफाइनरी फर्म थियो । कम्पनीका स्रोतहरुले बताएअनुसार नयाँ युगका विभिन्न क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता थियो । रिटेल व्यावसायमा विस्तारै पाइलाहरु सन् २००६ मा चलेका थिए, जब रिलायन्स फ्रेन्स स्टोरको सुरुवात भएको थियो । त्यसपछि विस्तारै उपलभोक्ताहरुका लागि विद्युतिय सामग्री, फेसन र जीवनशैलीसँगै अन्य व्यावसायहरुको सुरुवात भयो । रिटेलमा गरिएको यो किसिमको प्रवेशले ठूलो सफलता हुने निश्चित थियो ।

सन २०१४ मा जब आकाशकी जुम्ल्याहा इशाले रिलायन्स रिटेल भेन्चर्स लिमिटेड (आरआरभिएल)को बोर्डमा प्रवेश गरिन्, कम्पनीको रणनीतिलाई नयाँ बनाइएको थियो । अहिले उनीहरुको स्पष्ट क्षेत्र र उपस्थित फेसन, फुटवेयर, इलेक्ट्रोनिकस र ज्वेलरीलगायतको क्षेत्रमा छ । र यसले उनीहरुको महत्वपूर्ण अनुपात पनि सिर्जना भएको छ ।

कनाली, स्टिभ मेडेन, सेभेन इलाभेन, एजिओ र जिओमार्टजस्ता रिटेलहरु पनि यसअन्तर्गत रहेका छन् । यो बाहेक उनीहरुसँग हाम्लेज, पर्पल पाण्डा, अबुजानी सन्दिप खोस्लाजस्ता कम्पनीको पनि हिस्सा छ । उद्योग क्षेत्रका विश्लेशकहरु आरआरभिएल कम्पनीलाई ठूलो मात्रामा बढ्नुको कारणका रुपमा मात्रै नभएर सावधानी र विवेकशिल भएर अघिबढ्ने प्रसंगमा पनि सम्झिन्छन् । मुख्य गरि मर्जर एक्विजिसनको पक्षमा दीर्घकालिन हुने व्यावसायसँग रणनीतिकरुपमा सम्झौता गर्ने र ठीक नभएमा पछि हट्न पनि नहिचकिचाउने कुरामा विश्लेषकहरु कम्पनीलाई श्रेय दिन्छन् ।

महत्वपूर्ण कुरा, आकाश र इशाले सन् २०२० मा २० बिलियनभन्दा धेरै रकम रिलायन्स जिओ प्लेटमर्फ र आरआरभिएलको सेयर निश्चित लगानीकर्तालाई बेचेर कमाएका छन्, जसमा गुगल र फेसबुक पनि छ । हालसम्म भइरहेका क्रियाकलापको गति हेर्दा यी दुई युवा उद्यमीहरुको आगामी वर्ष थप व्यस्त हुने देखिन्छ ।

करण अडानी

अधानी ग्रुपका अध्यक्ष गौतम अडानीका जेठा छोरा तथा र १५ हजार ९३४ करोडको ‘अधानी पोर्ट एण्ड स्पेसल इकोनोमिक जोन लिमिटेड (एप्सेज)’का प्रमुख कार्यकारी निर्देशक ३५ वर्षिया करण अधानी भारतको सबैभन्दा ठूलो व्यावसायिक बन्दरगाहको सञ्चालकका रुपमा छन्, जसले देशको एकचौथाई सामानलाई व्यवस्थापन गरिरहेको छ ।

वास्तवमा उनले आफ्नो यो पद आफैं हासिल गरेका हुन् । सन् २००९ मा गौतम अडानी, जसले १९७० को दशकमा मुम्बईमा हिरा छान्ने कामदारको रुपमा संघर्ष गरेका थिए, उनले करणलाई पड्र्यु विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातक गरेका करणलाई दुई विकल्प थिए । एउटा थियो उर्जा व्यवसाय र अर्को बन्दरगाहको व्यवासाय । करणले दोस्रो रोजे ।

करण हुर्किंदै गर्दा उनी निकट रहेका एक व्यक्ति भन्छन्, ‘करण रातभरको यात्रा गरे ट्रनमार्फत मुन्द्रासम्म पुग्थे ।’

उनका बुबाले आफ्नो छोराको हात धुलो र धुवा भएको बन्दरगाह सञ्चालनमा फोहोर नहोस भन्ने चाहन्थे । तर, सँगै उनी आफ्नो छोराले आफ्ना कामदारहरुले भोगिरहेको समस्याहरु पनि बुझोस भन्ने चाहन्थे ।

गौतम अडानीले करणलाई सन् २००० को दशकमा मुन्द्रा बन्दरगाहको अवधारणादेखि सञ्चालनसम्मको काम गरेका माले महादेवियाको निकट राखिदिए । बन्दरगाहमा करणले आफ्नो धेरै समय विभिन्न कुरा सिक्दै बिताए । अडानी ग्रुपका एक पूर्वप्रमुख कार्यकारी निर्देशक भन्छन्, ‘महादेविया उनका लागि भगवान सरह थिए ।’

करणसँग काम गरेकाहरुले बताएअनुसार उनी उद्यमशिलतालाई समस्याको समाधान खोज्ने बाटोदेखि समाज, व्यापार र उपभोक्ताको आवश्यकताको रुपमा विश्वास गर्छन् । उनी कहिलेकाँही भन्छन्, ‘तपाईं यसैका वरिपरि व्यापारको योजना बनाउनुहुन्छ ।’

प्रमुख कार्यकारी निर्देशकका रुपमा करण उपभोक्ताका प्रमुख समस्याहरु समाधान गर्नमा केन्द्रित छन् ।

बन्दरगाहको व्यावसाय कर्पोरेट, लजिस्टिकलगायतका क्षेत्रका लागि निकै महत्वपूर्ण भइसकेको छ । गत जुलाईको साधारण सभामा करणले भनेका छन्, ‘हामीले हाम्रो व्यावसायको शैलीलाई बन्दरगाह सञ्चालकबाट अब यातायात सेवाको रुपमा सञ्चालन गर्न खोजिरहेका छौं । जसको मुख्य उदेश्य भनेको उपभोक्तालाई बन्दरगाहको गेटबाट उनीहरु भएको ठाउँसम्म रणनैतिक समाधान दिनु हो ।’

करणले सन् २०१६ मा कम्पनीमा प्रमुख कार्यकारीको भूमिकामा प्रवेश गरेका थिए । करणले सन् २०५५ सम्ममा ५०० मेट्रिक टन कार्गो ल्याउने सोचिसकेका छन् ।

कफी पिउन मन पराउने र घुम्न रुचाउने करण फुर्सदको समयमा दक्षिण अफ्रिका, न्युजिल्याण्ड र स्विजरल्याण्ड घुम्न रुचाउँछन् । उनी कारहरुको सौखिन छन् ।

रिसद प्रेमजी

सन् २०१९ जुलाईमा विप्रोको कार्यकारी अध्यक्षका रुपमा प्रवेश गरेसँगै ४५ वर्षिया रिसद प्रेमजी ७७ वर्ष पुरानो कम्पनीका मुल पक्षहरुलाई संकुचित नबनाई सांस्कृतिक रुपान्तरणको लक्ष्य लिएर अघि बढिरहेका छन् । सन् २००७ मा विप्रोमा प्रवेह गरेका अजिम प्रेमजीका जेठा छोरा रिसदले हार्वड विजनेस स्कुलबाट एमबीए गरेका छन् भने अमेरिकाकाको वेस्लेयान विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । उनले गत वर्ष एक कार्यकाममा भनेका थिए, ‘हाम्रो मान्यताहरु पछिल्लो ५० वर्षमा परिवर्तन भएका छैनन् । अहिले पनि लक्ष्य त्यहि छ । १९७१ मा विप्रोको विश्वास भनिन्थ्यो । १९९८ मा विप्रोको बाचा भनिएको थियो । अहिले विप्रोको आत्मा भनिएको छ ।

कम्पनीको अध्यक्ष भएपछि उनले कम्पनीले आफ्नो क्षमताअनुसार काम नभएको महशुस गरेका थिए। उनलाई लाग्छ कुनै कम्पनीको सफलतामा त्यसको संस्कार पनि महतवपूर्ण हुन्छ । कम्पनीले आफ्नो क्षमताअनुसार काम नभएको देखेपछि उनले त्यहाँका मानिस र संस्कृतीलाई नियालेका थिए । त्यसपछि उनले ठूला नेतृत्वकर्तासँगै लगानीकर्ता, कामदारलगायतलाई लिएर कार्यक्रम सञ्चालन गरे, जसमा पाँच किसिमका सांस्कृतिक रुपान्तरणका पक्षहरु थिए । सम्मान गर्ने, जवाफदेवी हुने, सँधै सम्पर्कमा रहने, विश्वास बनाउने र निगरानीलाई कार्यन्वयन गर्ने ।

क्याककिन्सीसँगको एक अन्तर्वार्तामा रिसदले भनेका छन्, ‘कुनै पनि संस्थाको महत्वपूर्ण पक्ष भने त्यहाँको संस्कार हो । रणनीति, लगानी र विचारहरु आउँछन् र जान्छन् भन्ने कुराको म ठूलो समर्थक हो । तर, एउटा संस्था रहिरहन्छ । त्यो संस्थालाई उत्कृष्ट बनाएर सञ्चालन गर्ने जिम्मेवारी मेरो हो ।’

उनले ८९ वटा कार्यक्रममा ३ सय घण्टाभन्दा धेरै समय विप्रोका विभिन्न साना र ठूला व्यावसायका २८ हजार कामदारलाई भेटेका छन् । कम्पनीले एउटा सांस्कृतिक विभाग बनाएको छ, प्रमुख सांस्कृतिक अधिकारी नियुक्त गरेको छ । रिसद कम्पनीमा कर्मचारीदेखि सबै पदका मानिसमा एक किसिमको जिम्मेवारी संस्कार भएमा मात्रै अघिबढ्ने विश्वासका साथ यसो गरेको बताउँछन् । सुचना प्रविधि, स्वास्थ्य सेवा, कन्सलटिङलगायतका विभिन्न क्षेत्रमा विप्रोका कम्पनहरु छन् । यी सबैलाई एकसाथ लिए अहिले रिसदले कम्पनीलाई अघि बढाइरहेका छन् ।

पार्थ जिन्दल

पार्थ जिन्डल १६ वर्षको हुँदा उनका बुबा अर्बपति सज्जन जिन्दलले उनलाई मांशाहारी बन्न भनेका थिए । शुद्ध शाकाहारी परिवारबाट आएका उनी अच्चममा परेका थिए । तर, बुबाको तर्क भने ठीक थियो । परिवारको स्टिल व्यावसायले उनलाई विश्वका थुप्रै ठाउँमा पुर्याउँदै थियो, जहाँ शाकाहारी खाना पाउन चुनौती हुन्थ्यो ।

पछि उनी परिवर्तन भए। अहिले उनलाई पश्चताप छैन । पार्थ भन्छन्, ‘म आफ्नो सि-फुडलाई निकै रुचाउँछु ।’

३२ वर्षका जिन्डल २२ बिलियनको जेएसडब्ल्यु ग्रुपको सिमेन्ट र रंगको व्यावसायलाई सञ्चाचलन गरिरहेका छन् । कुल कारोबार रकम ८५०० करोडमध्ये ६५०० करोड रकम सिमेन्ट उद्योगबाट मात्रै आउँछ । सिमेन्ट उद्योगको कुरा गर्दा यसबाट वार्षिक १७ मिलियन टन सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता छ।

जिएसडब्ल्यु उद्योग पहिलेबाटै सिमेन्ट र स्टिल व्यावसायमा थियो । हार्वड बिजनेस स्कुलमा पढ्दा नै उनले रंग उद्योगमा पनि हात हाल्ने योजना बनाएका थिए । सन् २०१६ मा अध्ययन सकेका उनी भन्छन्, ‘रंग उद्योगमा प्रवेश गर्नु आवश्यक थियो । हाम्रो स्टिल व्यावसाय खपत हुने क्षेत्रले रंग पनि खोज्थ्यो र वितरणमा पनि उस्तै काम हुन्थ्यो ।’

उनले आफ्नो बुबालाई यो योजना सुनाउन साथ काम सुरु गर्ने अनुमति पाएका थिए। सन् २०१९ मा सुरुवात भएको कम्पनी अहिले भारतको पाचौं ठूलो रंग बेच्ने कम्पनी हो ।

अदार पुनावाला

सन् २०११ मा अदर पुनावालाले सेरम इन्सटित्युट अफ इण्डिया (एसआइआइ)मा प्रमुख कार्यकारी निर्देशकका रुपमा प्रवेश गरेका थिए । कम्पनी भारतको प्रमुखमध्येको कम्पनी हो, जसले ‘इम्युनोबायोलोजिकल ड्रग्स’सँगै विभिन्न भ्याक्सिनको उत्पादन गर्छ । कम्पनीको विशेषता भने यी उम्पादनमा भ्याक्सिनको मूल्य कम राख्नु पनि हो।

अदरको नेतृत्वमा कम्पनीले विश्वको उत्कृष्टस्तरको प्रविधि भारतमा ल्याएर १७१ देशहरुमा सुपथ मूल्यमा भ्याक्सिनहरु प्रदान गरेको छ ।

अदरले कम्पनी २००१ मा प्रवेश गरेका थिए । उनको मुख्य लक्ष्य भनेको व्यापारलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउनु थियो । उनी भन्छन्, ‘जब मैले २० वर्षअघि काम गर्न थाले, तब मेरो एउटै लक्ष्य कम्पनीलाई विश्वव्यापी कम्पनी बनाउनु नै थियो । हामीले विश्वव्यापी उपस्थिति देखाउनका लागि हाम्रो निर्यातलाई प्रमुख पाटोको रुपमा राखेका थियौ ।’

तयो बेला कम्पनीले २० देखि ३० देशमा मात्रै निर्यात गर्ने गरेको थियो । अहिले १७१ देशमा निर्यात गरिरहेको छ । जसमा अमेरिका, क्यानडा र युकेसँगै अन्य केही विकसित देशहरु पनि पर्छन् । ४१ वर्ष पुगेका अदरका बुबा साइरसले सुरु गरेको कम्पनी अहिले उत्पादन हुने डोजका आधारमा विश्वकै सबैभनदा ठूलो भ्याक्सिन उत्पादक कम्पनी हो ।


क्लिकमान्डु