१ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुल्यो, पारिश्रमिक ५० हजार



काठमाडौं । आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ ।

प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गर्दै १ लाख १५ हजार म्यादी प्रहरीको माग गरेको हो ।

कार्यालयले भदौ ३० गतेदेखि असोज ६ गतेसम्ममा आवेदन दिन सक्ने जनाएको छ । कार्यालयकाअनुसार आवेदनका लागि जिल्ला प्रहरी परिसर ९काठमाडौं, भक्तपुर र ललितपुर० र देशभरका सबै प्रहरी कार्यालयमा दिन सक्नेछन् ।

त्यस्तै, म्यादी आवेदन दिने व्यक्तिले आवेदन दिने बेलासम्ममा १८ वर्ष पूरा भई ५४ सार्वजनिक गर्नेछ । त्यसपछि असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिने कार्यालयले जनाएको छ ।

म्यादिव प्रहरीका लागि प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्म गरी ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक दिइनेछ । त्यसैगरी, खाद्यान्नवापत प्रतिव्यक्ति एकमुष्ट ७ हजार २ सय रुपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरुको हकमा जिल्लाको न्यूनतम राशन दररेटअनुसारको रकम पाउनेछन् ।

त्यस्तै, पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रतिव्यक्ति ६ हजार उपलब्ध हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादीलाई ज्याकेट खरिद गर्न थप १ हजार पाउनेछन् ।

साथै, निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरुलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरुप म्यादी प्रहरीलाई १ हजार रुपैयाँ र ३ सय रुपैयाँका दरले ४ दिनको खाजा खर्च उपलब्ध हुनेछ ।


क्लिकमान्डु