एचआईडिसीएल र निफ्रालाई मर्ज गर्न खोजेको, सीईओ बन्न नपाउने भएर चासो दिएनन्ः मन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एचआईडिसीएल र निफ्रालाई मर्जरमा लैजान खोज्दा केही व्यक्ति सीईओ बन्न नपाउने भएर त्यसमा रुची नदेखाएको बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा आयोजना गरेको चौथो पूर्वाधार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) र नेपाल इन्फ्राटक्चर बैंक (निफ्रा)लाई केही व्यक्तिको स्वार्थले मर्जर गर्न नसकेको गुनासो गरे ।

‘यी दुई वटा कम्पनी मर्जर गरौं भनेर प्रस्ताव राखे, त्यसमा मैले खासै रुची देखिन’ उनले भने, ‘त्यो संस्थामा एक÷एक जना प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन पाईन्छ, त्यसैले होला ।’


क्लिकमान्डु