पल शाह जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने



काठमाडौं । नाबालिग बलात्कार अभियोगबाट सफाइ पाउँदै बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय तोकिएका अभिनेता पल (पूर्णविक्रम) शाहले पुनरावेदन गर्ने भएका छन् ।

जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलबार पीडित बालिकालाई २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको थियो ।

यस्तो आदेश आएसँगै शाहले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने तयारी गरेका छन् ।

फैसलाको पूर्णपाठ आउपछि उच्च अदालतमा पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारीमा आफूहरु रहेको शाहका वकिल कमलामोहन वाग्लेको भनाइ छ ।

पलविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि मुद्दा विचाराधीन छ । सो मुद्दाको पेसी आगामी असोज २ गते रहेको छ ।

पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन् ।

तर अदालतमा बयान फेर्दै पीडित बालिकाले बलात्कार नभएको बयान दिएकी थिइन् ।


क्लिकमान्डु