सिक्लेस हाइड्रोपावरले भदौ २९ गतेदेखि आईपीओ निष्कासन गर्ने, १ लाख कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकामा ५७ हजार ५०० कित्ता सामुहिक लगानी कोष, ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारी र बाँकी रहेको १० लाख ५८ हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असोज १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले उक्त आईपीओमा सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । आईपीओको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ ।


क्लिकमान्डु