एक सातामा बैंकको निक्षेप ११ अर्बले बढ्यो, कर्जा १ अर्ब मात्रै



काठमाडौं । एक साताको अवधिमा वाणिज्य बैंकहरुको ११ अर्ब रुपैयाँ निक्षेप थपिँदा कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ ।

बैंकर्स संघकाअनुसार एक साताको अवधिमा वाणिज्य बैंकको निक्षेप ११ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । भदौ १० गतेसम्म ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकमा निक्षेप बढे पनि कर्जा प्रभाह १ अर्ब रुपैयाँले मात्रै बढेको छ । भदौ १० गते ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेकोमा १७ गतेसम्म १ अर्ब रुपैयाँले बढेर कर्जा प्रवाह ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएसँगै बैंकहरुले अपेक्षाअुनसार कर्जा प्रवाह गर्न सकेका छैनन् । संघका अनुसार भदौ १७ गतेसम्म बैंकको कर्जा–निक्षेप (सीडी रेसियो) ८८.२५ प्रतिशत रहेको छ ।


क्लिकमान्डु