खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट



काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत आईपीओको बाँडफाँट गरिएको हो । आईपीओमा आवेदन दिनेमध्ये १२ हजार ३४० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । योग्य आवेदकको संख्या भने १७ लाख ८३ हजार ७४ जना रहेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

कम्पनीले भदौ ८ देखि १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो भने १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणका लागि छुट्याईएको थियो ।

आईपीओको नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, खप्तड लघुवित्त वित्तीय संस्थाको वेबसाइट, सिडिएससीले आईपीओ नतिजा थाहा पाउन बनाएको वेबसाइट र मेरो सेयर मार्फत थाहा पाउन सकिने छ ।


क्लिकमान्डु