टाटाका पूर्व प्रमुख साइरस मिस्त्रीको मर्सिडिज कार दुर्घटनामा मृत्यु



एजेन्सी । भारतीय कम्पनी टाटा सन्सका पूर्व प्रमुखसमेत रहेका व्यापारी साइरस मिस्त्रीको कार दुर्घटनामा परि मृत्यु भएको छ । मुम्बइ नजिक पालघरमा मर्सिडिज कार दुर्घटनामा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

साइरस मिस्त्रीसहित चार जना पालघरतर्फ जाँदै गर्दा कार दुर्घटनामा परेको हो । कम्पनीका निर्देशकले उनले मृत्युको पुष्टि गरेका छन् ।

प्रहरी अधिकारीले साइरस मिस्त्रीको कार महाराष्ट्रको पालघर जिल्लामा एक डिभाइडरसँग ठोक्किएको जानकारी दिए । दुर्घटना सवा तीनबजे आसपास भएको थियो । दुर्घटना सूर्या नदीमा बनेको पुलमा भएको थियो ।

दुर्घटनामा मिस्त्रीसहित जहाँगीर पण्डोलको मृत्यु भएको थियो । घाइते दुई जनालाई अस्पतालमा भर्ना गराइएको छ ।

आयरल्याण्डमा जन्मिएका सायरस मित्री लण्डन बिजनेस स्कुलमा पढेका थिए । उनको परिवार आरल्याण्डको सबैभन्दा धनी भारतीय परिवार मध्ये एक हो ।

सायरसले शापूरजी पालोनजी एण्ड कम्पनीमा १९९१ मा काम सुरु गरेका थिए ।

टाटा सन्सको बोर्डमा सायरस २००६ मा सहभागी भएका थिए । टाटा सन्सको सबैभन्दा धेरै सेयर मिस्त्रीको परिवारसँग रहेको जनाइएको छ ।

२०१२ मा रतन टाटाको रिटारयमेन्टपछि सायरस मिस्त्रीलाई टाटा ग्रुपको कमाण्ड प्राप्त भएको थियो । मिस्त्रीको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका राजनीतिज्ञले शोक व्यक्त गरेका छन् ।


क्लिकमान्डु