काठमाडौं आइपुगे भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे



काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे पाँच दिने भ्रमणका लागि काठमाडौं आएका छन् । उनी आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

मानार्थ महारथीको सम्मान ग्रहण गर्नका लागि उनी नेपाल आएका हुन् । नेपाल–भारत दुवै मुलुकका सेना प्रमुखलाई एकअर्काको मुलुकमा मानार्थ महारथीको सम्मान गर्ने प्रचलन रहेको छ ।

यसअघि २० कात्तिक २०७७ मा उनी अघिका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका थिए । उनले धार्मिक भ्रमण गर्ने लगायतका कार्यक्रम रहेको जनाइएको छ ।


क्लिकमान्डु