सेयर बजारमा सामान्य सुधार, कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ६.६८ अंकले बढेर परिसूचक १९७७.३० बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.५७ अंकले बढेर ३८३.७७ बिन्दुमा रोकिएको छ । यो दिन २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता सेयर १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ समूहको उपसूचक १.५५, विकास बैंक ५५.२४, वित्त कम्पनी १०.४६, जलविद्युत २१.५२, जीवन बीमा ४६.१९, माइक्रोफाइनान्स २१.६०, निर्जीबन बीमा समूहको उपसूचक १४७ अंकले बढेको छ ।

कारोबारमा होटल समूहको १६.६१, उत्पादन तथा प्रशोधन ८.३५, अन्य समूहको उपसूचक १३.१६ अंकले घटेको छ । कारोबारमा रु रु जलविद्युत परियोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स, जोशी हाईड्रोपावर,यूनाइटेड इन्स्योरेन्स, अपर हेवाखोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यस्तै सपोर्ट माइक्रोफाइनान्स, सोल्टी होटल, नेपाल दूरसञ्चार कम्पनी, माहुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी पहिलो स्थानमा रहेको छ । कम्पनीको ८ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल दूरसञ्चार कम्पनी र नलिब बैंक रहेको छ ।


क्लिकमान्डु