५० लाखसम्म कर्जा लिनेलाई चालु पुँजी कर्जाको नीतिले असर गर्दैनः गभर्नर



काठमाडौ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले विश्वव्यापी मूल्यवृद्धिका कारण नेपालमा पनि परेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औं वार्षिक साधारणसभामा बोल्दै गभर्नर अधिकारीले मंसिर यता सरकारले विभिन्न वस्तुको आयातमा एलसी खोल्नमा कडाइ गर्ने नीतिले बाह्य क्षेत्रमा सहज भएको बताए । उनले पूर्णरुपमा आयात गर्दा अवस्था गम्भीर हुने समेत बताए ।

अधिकारीले गत असार महिनामा रेमिट्यान्स बढेको र पर्यटकको संंख्या पनि बढेको भन्दै विदेशी मुद्रा सञ्चिति बढ्दै गएको समेत बताए ।

उनले केन्द्रीय बैंकले लिएको नीति अनुसार ५० लाख रुपैयाँभन्दा कम कर्जा लिनेलाई वर्किङ क्यापिटलको नीतिले नपार्ने दाबी गरे । साथै, २ करोड रुपैयाँसम्म कर्जा लिनेलाई केही मापदण्ड बनाइएको र ५ वर्षका लागि दीर्घकालीन प्रकृतिको कर्जा लिन पनि सर्त राखेको बताए । उनले वर्किङ क्यापिटलको विषयमा उद्योगीले वास्तविक कुरा बताउन नचाहेको दाबी समेत गरे ।

‘धेरै वर्किङ क्यापिटल भयो भने धेरै चामल किनेर राख्ने, म्याद गुजार्ने र पछि रिफाइनान्स हुने गरेको छ,’ उनले भने, ‘यो ओभर फाइनान्सिङ भएर यस्तो भयो । त्यसैकारण वर्किङ क्यापिटल मार्गर्दशन ल्याइएको हो ।’


क्लिकमान्डु