प्रि-ओपनिङमा सवा लाखको कारोबार



काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य गिरावट आएको छ ।

बजार मापन गर्ने सूचक १.५२ अंकले घटेर १९७०.७७ बिन्दुमा रोकिएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ०.९९, माइक्रोफाइनान्स ०.५७, अन्य समूहको उपसूचक १६.२१ अंकले घटेको छ ।

जलविद्युत समूहको उपसूचक ७.३४ र लगानी समूहको उपसूचक ०.०४ अंकले बढेको छ । १७ कम्पनीको ३५१ कित्ता सेयर १ लाख २७ हजार २४१ रुपैयाँमा किनबेच भएको छ ।


क्लिकमान्डु