उतार चढाबकाबीच सेयर बजार स्थिर



काठमाडौं । निकै उतार चढाबकाबीच सेयर बजार स्थिर बनेको छ । कारोबारको सुरुदेखि गिरावट आएको बजारमा अन्तिम एक घन्टामा भने निकै सुधार देखिएको छ । अन्तिम एक घन्टामा देखिएको सुधारले बजारलाई स्थिर भएको छ ।

इन्ट्रा डे कारोबारमा बजार घटेर १९५३.६५ बिन्दुमा पुगेको थियो । २ बजेपछि फर्केको बजार अन्तिम समयमा १.०८ अंकले घटेर १९७२.२९ बिन्दुमा रोकिएको छ । २२५ कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजार स्थिर बन्दा बैंकिङ समूहको उपसूचक २.१९, उत्पादन तथा प्रशोधन समूहको ३.३४, अन्य समूहको उपसूचक २८.६३ अंकले घटेको छ । यस्तै विकास बैंक ७.२१, वित्त कम्पनी २१.३८, होटल तथा टुरिजम २४.८३, जलविद्युत १०.३८, जीवन बीमा ५४.८१, माइक्रोफाइनान्स १.६९, निर्जीबन बीमा समूहको उपसूचक ६२.१४ अंकले बढेको छ ।

यो दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको कारोबारमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै उपर हेवाखोला हाईड्रोपावर, माहुली लघुवित्त वित्तीय संस्था, सप्तकोशी विकास बैंक, प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने राप्ती हाईड्रो एण्ड जनरल कन्ट्रक्सन, गणपती लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन् ।

कारोबार रकमका आधारमा नेपाल दूरसञ्चारक कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १२ करोड २७ लाख ५ हजार ६५६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था रहेको छ ।


क्लिकमान्डु