बैंकहरुको निक्षेप ५१ करोडले बढ्दा कर्जा प्रवाह १ अर्ब २९ करोड



काठमाडौं । भदौ दोस्रो साता वाणिज्य बैंकको निक्षेप ५१ करोड रुपैयाँले बढेको छ ।

भदौ ३ गतेसम्म ४४ खर्ब २५ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले भदौ १० गतेसम्म आइपुग्दा ५१ करोड रुपैयाँले बढेर ४४ खर्ब २६ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

बैंकहरुको निक्षेप थोरै बढ्दा कर्जा लगानी भने १ अर्ब २९ करोड रुपैयाँले बढेर ४१ खर्ब ७९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । एक साताको अवधिमा निक्षेप संकलनको तुलनामा कर्जामा प्रवाह केही बढेको छ ।

नेपाल बैंकर्स संघका अनुसार भदौ १० गतेसम्म बैंकहरुको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ८८.४२ प्रतिशत रहेको छ ।


क्लिकमान्डु