सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रमा सानिमा लाइफको बीमा साक्षरता कक्षा



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार चितवनमा बीमा साक्षरता कक्षा सम्पन्न गरेको छ ।

कम्पनीले केन्द्रका उच्च अधिकारीसहित विभिन्न तहका सशस्त्र प्रहरी कर्मचारीहरूलाई समावेश गरी कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सहभागिहरूले बीमा बारेमा कक्षा लिनु भन्दा पहिले आफ्नो धारण गलत रहेको बताएका थिए । कक्षा लिएपछि भने बीमा बारेमा स्पष्ट भएको धारणा सहभागिहरूको थियो ।

साथै, उनीहरूले आफू र आफ्ना साथी तथा चिनजानमा रहेका आफन्तहरूलाई पनि बीमा गर्न सल्लाहा दिने उनीहरूले बताएका थिए ।

कार्यक्रममा प्रशिक्षको रूपमा कम्पनीका क्षेत्रीय प्रमुख बलराम खत्री, सीओटी एनबी गुङ्ग, एमडीआरटी दीपकराज गिरीको उपस्थिती थियो ।


क्लिकमान्डु