स्किल सेवाको घर मर्मत सेवा अब पोखरामा पनि




काठमाडौं । घरको मर्मत सेवा उपलब्ध गराउँदै आएको स्किल सेवाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै अब पोखरामा पनि सेवा उपलब्ध गराउने भएको छ ।

‘घरको डाक्टर’ नामले चिनिने स्किल सेवाले विगत चार वर्षदेखि काठमाडौं उपत्यकामा ‘होम इन्स्पेक्सन’ सेवा उपलब्ध गराउँदै आएको छ ।

चार वर्षमा झन्डै २० हजार घरहरुमा आफ्नो सेवा दिइसकेको र १५ सयभन्दा धेरै घरहरुको समस्या समाधान गरिसकेको स्किल सेवाले जनाएको छ ।

काठमाडौं बारिहबाट सेवा उपलब्ध गराउन माग धेरै आइरहेकाले पोखराबाट शुरुवात गरेको जनाएको छ । पोखरासँगै चितवन र बुटबलमा पनि होम इन्स्पेक्सन सेवा उपलब्ध गराउने स्किल सेवाका संस्थापक रमेश तिमिल्सिनाले बताए ।

आफ्नो सेवालाई विस्तार गर्ने योजनामा रहेको स्किल सेवाले नयाँ लगानी पनि थप्ने क्रममा छ । नेपाल उद्योग परिसंघअन्तर्गतको युवा उद्यमी मञ्चल आयोजना गरेको नेपाल स्टार्टअप फेष्ट २०२२ मा उसले साढे आठ करोड रुपैयाँ लगानी जुटाएको छ ।

कम्पनीलाई थप विस्तार गर्ने योजनाअनुसार नयाँ लगानी थप्न लागेको उनले तिमिल्सिनाले बताए । नयाँ लगानीबाट मुख्य गरी ३ हजार प्राविधिकहरुलाई निःशुल्क तालिम दिएर कामको लागि तयार गर्ने योजना बनाएका छन् । त्यस्तै, भारतको न्यु दिल्लीमा पनि शाखा खोल्ने योजना बनाएका छन् । यी शाखा विस्तारमा पनि यो लगानी गर्ने योजना कम्पनीको छ ।

रमेशसँग उनलाई पार्टनरमा सहयोग गरिरहेका छन् महेश तिमल्सिना र रामशरण विक्रम थापा । स्किल सेवाले घरसँग सम्बन्धित हरेक समस्याको सामाधान गर्छ ।

अवासीय घर तथा व्यवसायीक भवनहरुमा पेन्ट उप्कने, छत, भित्ता रसाउने र पानी चुहिने जस्ता समस्याहरुले ठूलो क्षति तथा दुर्घटना हुन सक्ने भएकाले यस्ता समस्याहरुलाई समयै समाधान गर्न होम इन्स्पेक्सन आवश्यक हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु