बालेनले भने- नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अवैधानिक रुपमा बनाइएका संरचना हटाउन हटाउन आग्रह गरेका छन् ।

बिहीबार बिहान अल्फाबिटा ग्रुप अफ कम्पनीका अध्यक्ष व्यवसायी द्वीराज शर्मासँग भवनको नक्सालाई लिएर मेयर शाहो विवाद भएको थियो । शर्माले आफ्नो भवन कानुन बमोजिम रहेको दाबी गरेका थिए । उनले आफूसँग नक्सा नभएको र महानगरसँग हुनुपर्ने बताएपछि मेयर शाह त्यहाँबाट हिँडेका थिए ।

दिउँसो शाह उक्त भनवको नक्सा र डोजर लिएर बुद्ध नगर पुगे । नक्सामा भएको भन्दा फरक संरचना भएको पाइएपछि डोजर चलेको छ र उक्त भवनमा पार्किङ हुनुपर्ने स्थानमा सञ्चालन भइरहेको ल्याबमा महानगरको डोजर गरेको छ ।

डोजर चलेसँगै मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाले आफ्नै नक्सा मलाई माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए । अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैं बुझेर अवैधानिकरुपमा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।’


क्लिकमान्डु