नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा भदौ ३० मा, बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले भदौ ३० गते हुने सातौं वार्षिक साधारणसभाका लागि भदौ १९ गते बुक क्लोज गर्ने भएको छ ।

३० गते हुने सभामा भदौ १८७ गतेसम्म कायम रहेको सेयरधनी सहभागी हुन पाउनेछन् । सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने भएको छ । उक्त प्रस्ताव सभाले सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

सभामा आर्थिक वर्ष २०७७/०७८ को सञ्चालन समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, स्वतन्त्र विज्ञ सञ्चालक नियुक्ति अनुमोदन गने प्रस्ताव लैजाने भएको छ ।


क्लिकमान्डु