तीन दिनमा पौने ८ अर्ब निक्षेप घट्दा करिब २ अर्बले कर्जा बढ्यो



काठमाडौं । तीन दिनमा वाणिज्य बैंकबाट ७ अर्ब ७१ करोड रुपैयाँ निक्षेप घटेको छ ।

भदौ ३ गतेसम्म वाणिज्य बैंकमा रहेको निक्षेप ७ अर्ब ७१ करोड रुपैयाँले घटेर ४४ खर्ब २५ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
साउन मसान्तमा ४४ खर्ब ३३ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।

भदौको तीन दिनमा बैंकबाट ७ अर्ब ७१ करोड रुपैयाँ निक्षेप घट्दा कर्जा प्रवाह बढेको छ । तीन दिनमा १ अर्ब ७३ करोड रुपैयाँले बढेको छ ।

भदौ मसान्तमा ४१ खर्ब ७६ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा तीन गतेसम्म बैंकहरुले कर्जा प्रवाह १ अर्ब ७३ करोड रकमले बढाएर ४१ खर्ब ७८ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

भदौ तीन गतेसम्म बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.४७ प्रतिशत रहेको छ ।


क्लिकमान्डु