सामाजिक सुरक्षा कोषको शाखा कार्यालय अब विराटनगर र सिमरामा



काठमाडौं । सामाजिक सुरक्षा कोषले विराटनर र सिमरामा पनि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले उद्घाटन गरेसँगै शाखा सञ्चालनमा ल्याइएको हो ।

७७ जिल्लामा कार्यक्षेत्र रहे पनि कोषको कार्यालय बबरमहल, काठमाडौंमा मात्र छ । विभिन्न सरोकारवालाबाट प्राप्त सुझाव तथा कोषको आवश्यकताअनुसार कम्तिमा प्रदेशस्तरमा शाखा कार्यालय हुँदा सेवा प्रवाह सहज हुने देखिएकोले कोषले विराटनगर र सिमराको शाखा कार्यालय सञ्चालनमा ल्याएको कोषले जनाएको छ ।

कार्यालयको उद्घाटन गर्दै श्रममन्त्री कुँवरले शाखा कार्यालयहरुको स्थापनाले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई विस्तार गर्न सहयोग पुग्ने बताए ।

कोषका समग्र कार्यहरू विद्युतिय प्रणालीमा आधारित भएपनि रोजगारदाता तथा योगदानकर्ता सुचिकरणकरण गर्न, कोषले सञ्चालनमा ल्याएका योजनाहरुबारे जानकारी गराउन, योगदानकर्ताको आफ्नो केवाइसी भर्नका लागि सहजीकरण गर्न, कोषवाट प्रदान हुने सुविधाको दाबीमा सहजीकरण हुनुका साथै समग्र कोषको सेवा प्रवाह प्रणालीलाई सरल, सिघ्र र योगदानकर्तामैत्री बनाउने उद्देश्यका साथ शाखा कार्यलयहरु(विराटनगर र सिमरा) को स्थापनाले सामाजिक सुरक्षा प्रणालीमा पहुँच वृद्धि हुने विश्वास कोषले लिएको छ ।


क्लिकमान्डु