स्वास्थ्य बीमामा आवद्ध दीर्घरोगीको उपचारका लागि प्रत्येक पटक प्रेषण पुर्जी आवश्यक नपर्ने



काठमाडौं । स्वास्थ्य बीमामा आवद्ध बीमित दीर्घरोगीहरूलाई स्वास्थ्य उपचाका लागि प्रत्येक पटक प्रेषण पुर्जी आवश्यक नपर्ने भएको छ ।

प्रथम सेवा बिन्दुबाट एक पटक प्रेषण भइ सोही समस्याको लागि सोही प्रेषण केन्द्र(स्वास्थ्य संस्था)मा उपचार तथा फलो अप गराउनु पर्दा प्रत्येक पटक प्रेषण पुर्जी आवश्यक नपर्ने व्यवस्था बोर्डले गरेको हो ।

यसअघि बीमामा आवद्ध भएका दीर्घरोगिहरूलाई उपचारका लागि पटक-पटक प्रेषण पुर्जी आवश्यक पर्ने प्रावधान थियो ।

यस्तो प्रावधानले सेवाग्राहीमा असुविधा भएको जनगुनासो आएपछि प्रेषण पुर्जी आवश्यक नपर्ने व्यवस्था गरिएको बोर्डको भनाइ छ ।

सबै प्रकारका क्यान्सर रोगीको उपचार, मिर्गौला प्रत्यारोपणको लागि प्रेषण भइ प्रयारोपण गरेका बीरामीहरूको हकमा प्रत्यारोपण गरेको संस्थामा फलोअप गर्नुपरेमा वा डायलायसिस गर्ने बिरामीको हकमा समेत यस्तो व्यवस्था लागू गर्न सबै सवा प्रदाय स्वास्थ्य संस्थाहरूलाई बोर्डले भनेको छ ।

हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, अल्जाइमर, पार्किन्सोनिजमका रोगी, मुटु रोगको उपचार ताथ फलोअपका लागि, बीमित जेष्ठ नागरिक(७० वर्ष पूरा भएका), बीमित अति अपाङ्ग, एचआइची, एमडीआरटी टीभी (बिरामी व्यक्ति मात्र), गर्भवती तथा सुत्केरी (सीएस वा अन्य जटिल अवस्थामा मात्र) प्रेषण भइ सुत्केरी भएका महिला तथा नवजात शिशुहरूको लागि सोही अस्पतालमा २८ दिनसम्म उपचार गर्नु परेमा र कडा किसिमको मानसिक रोगीलाई समेत यस्तो व्यवस्था लागू हुने बोर्डले जनाएको छ ।

यस्तै, प्रथम पटक प्रेषण भइ आएका बिरामीको प्रेषण पुर्जी वा क्लेम नम्बर प्रत्येक पटक क्लेम गर्दा अनिवार्य समावेश गर्नु पर्ने बोर्डको भनाइ छ । अन्यथा बिरामीको प्रमाणीकरण गर्न कठिनाइ हुने बोर्डले जनाएको छ ।


क्लिकमान्डु