हिमालयन बैंकले भदौ १५ देखि साढे २ अर्बको ऋणपत्र निष्कासन गर्ने



काठमाडौं । हिमालयन बैंकले भदौ १५ गतेदेखि २ अर्ब ५० करोड रूपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले प्रति एक हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँको ७ वर्ष अवधिका लागि ‘हिमालयन बैंक लिमिटेड वण्ड २०८६’ निष्कासन गर्न लागेको हो ।

जसमा १५ लाख कित्ता बैंक आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी १० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । सामूहिक लगानी कोषलाई ५० हजार कित्ता छुट्याएको छ ।

ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याज पाइने छ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

ऋणपत्रमा भदौ १९ गते सम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ ।

ऋणपत्रमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।


क्लिकमान्डु