बैंक अफ काठमाण्डूका ग्राहकलाई द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा १२% छुट



काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले १२ प्रतिशतसम्म छुट पाउन् भएका हुन् ।

उक्त छुट पाउनका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन, महालक्ष्मीस्थान, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।

हालसम्म बैंकले १०३ शाखा कार्यालय, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


क्लिकमान्डु