मिटरब्याजीलाई सरकारले कारबाही गर्ने गृहमन्त्री खाँणको प्रतिबद्धता



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताएका छन् ।

सोमवार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाँणले मिटरब्याजमा जनतासँग पैसा ठग्ने मिटर ब्याजीहरुलाई स्थानीय अनुसन्धान नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकता राखेर काम गर्नुपर्ने बताए ।

मन्त्री खाँणले वर्तमान सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिटर ब्याजीलाई कानूनी कारबाहीको दायरा भित्र ल्याउने र मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति लिएको दाबी गरे ।

मिटर ब्याजीलाई अनुसन्धान गरी कारबाही गर्नको लागि मन्त्रालयले कार्यदल बनाएर अनुसन्धान गरिरहेको बताए ।

मन्त्री खाँणले मिटर ब्याजबाट ठगिएका आम जनतालाई उजुरी दिन आग्रहसमेत गरिएको बताए ।

मिटर ब्याजबाट ठगिएको उजुरी भदौ ४ गते भन्दा पछाडि अनुमन गरे भन्दा धेरै रहेको जानकारी दिए ।

अहिलेसम्म विभिन्न प्रदेश र जिल्लामा गरी १९ सय ३७ वटा मिटर ब्याजबाट ठगिका उजुरी परेको बताए ।

मन्त्री खाँणले प्रदेश १ मा ९२ वटा, मदेस प्रदेशमा १,३३०, वागमतीमा २०२,गण्डकीमा ३५,लुम्बिनीमामा २११,कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको बताए ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदा मिटर ब्याजीलाई कानूनी कारबाहीको दायरा भित्र ल्याउने र मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति र कार्यक्रममा नै आएको छ ।

अहिलेसम्म १९ सय ३७ वटा उजुरी परेका छन् । त्यो विभिन्न प्रदेश र जिल्लाबाट रहेको छ । प्रदेश १ मा ९२ वटा,मदेश प्रदेशमा १३३०,वागमतीमा २०२,गण्डकीमा ३५,लुम्बीनीमा २११,कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको छ


क्लिकमान्डु