अण्डरग्राउण्डका पसल हटाउन काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र साह एक्शनमा



काठमाडौं महानरपालिकाले बानेश्वर आसपासमा रहेका अण्डरग्राउण्डका पसल हटाउन शुरु गरेको छ ।

सोमवार बिहानदेखि नयाँ बानेश्वरमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरीसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफैँ अण्डरग्राउण्डका पसल हटाउन ‘एक्शन’मा उत्रिएका छन् ।

मेयर साहले घरधनीहरुले अण्डरग्राउण्डमा पार्किङको व्यवस्था गर्ने भनेर नक्शा पास गरेपनि घर बनाइ अण्डरग्राउण्डमा पार्किङ नबनाइ पसल राख्न दिएको भन्दै ढलान भत्काएर पार्किङ खुला गरेका हुन् ।

महानगरपालिकाले ३५ दिनअघि नै अण्डरग्राउण्डका पसल हटाउन र त्यो ठाउँमा पार्किङको व्यवस्था गर्न सूचना निकालेको थियो । तर त्यो सूचना जारी भएको ३५ दिन बढी हुँदा पनि कार्यान्वयन नभएको भन्दै मेयर साह आफैं मैदानमा उत्रिएका हुन्।

मेयर साहले अण्डरग्राउण्डमा पसल गर्ने सबै व्यवसायीहरुलाई तत्काल पसल नहटाए महानगर आफैँले पसल हटाउने भन्दै चेतावनी दिए ।

मेयर शाहले नक्स्शापास भए बमोजिम घरको अण्डरग्राउण्डमा पसल भए तुरुन्त खालि गरेर पार्किङका लागि खुला गर्न निर्देशन दिए ।

नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुर्इंटेलले घरधनीहरुले महानगरमा घरको नक्शा पास गर्दा अण्डरग्राउण्ड पार्किङको लागि भनिएपनि पसल राख्न दिँदा व्यवसायीहरु मर्काका परेको बताए ।

व्यवसायीहरुले व्यवसाय गरिरहेको स्थानमा एक्कासी हटाउँदा व्यवसायीको सामान व्यवस्थापन गर्न समस्या भएको बताए ।
घर धनीसँग सम्झौता गरेर व्यवसाय गरेका न्यून आम्दानी भएका व्यवसायीहरुको विषयमा घरधनी र महानगरले राहत दिनुपर्ने बताए ।
उनु भयो ।
अण्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएको छ ।

म्याद सकिएको भन्दै महानगरले पार्किङ भनेर नक्शा पास भएका तर अन्यरुपमा प्रयोग भएका संरचनाहरुको अनुगमन, खोजी र कारबाही शुरु गरेको छ ।

महानगरले आफ्नो क्षेत्राधिकार भित्र अण्डरग्राउण्ड हटाएमा शहरमा पार्किङ समस्याको वास्तविकता पहिचान भएर सडकमा पार्किङ गर्नुपर्ने बाध्यता कम हुनेछ ।


क्लिकमान्डु