पाकिस्तानमा महँगी: बिर्यानीको सट्टा चना भात, पेट्रोल र बिजुलीको प्रयोगअघि सोच्न बाध्य सर्वसाधारण



एजेन्सी । पाकिस्तानमा अचाक्ली महँगी बढेको छ । पाकिस्तानमा महँगी बढेको भन्दै हरेक सरकारको पालमा नागरिकहरुले आक्रोश पोखिरहेका हुन्छन् तर पछिल्लो केही महिनामा भने के गरिब के मध्यम वर्ग, हरेक नागरिक चिन्तित छन् ।

ज्याला मजदुरी र जागिरे मात्र होइन सामान्य अवस्थामा खान पुग्ने परिवार पनि यतिबेला समस्यामा छन् । उनीहरु एक ठूलो युद्धमा छन्, जुन हरेक दिन लड्न परिरहेको छ ।

रावलपिण्डीमा बस्ने खालिदा ख्वाजा महँगीलाई एक सुरुङ मान्छिन्, जहाँ अन्तिमसम्म पनि कुनै उज्यालो छैन । उनी मध्यम वर्गीय परिवारकी हुन् र आजकल उनका लागि एकमात्र राहतको विषय ‘अफ्नो घर’ र ‘बच्चाको सम्पूर्ण शिक्षा’ रहेको छ । उनले छोराछोरीको बिबाहको बारेमा सोचिरहेकी छन् तर महँगीले कम्मर तोडदिएको छ ।
‘यस्तोमा कसैले पनि अरुको बिबाहमा जानुपूर्व कयौं पटक सोच्छ’, उनी भन्छिन्, ‘आफ्नो घरमा बिहान गर्न त निकै मुस्किलको कुरा हो ।’

कति बढ्यो मूल्य ?

गत वर्षको तुलना गर्ने हो भने पाकिस्तानमा करिब २५ प्रतिशत महँगी बढेको छ । पाकिस्तानी तथ्यांक विभागका अनुसार चालु वर्षको जुलाइमा महँगी गत वर्षको तुलनामा करिब २५ प्रतिशले बढेको छ ।

दालको मूल्य ३५ बाट ९२ प्रतिशतसम्म बढेको छ । प्याजको मूल्य लगभग ६० प्रतिशत र मासुको मूल्य २६ प्रतिशत बढेको छ । तरकारीको मूल्य ४० प्रतिशत र फलफूलको मूल्य ३९ प्रतिशत बढेको छ । दुध २५ प्रतिशत, अण्डा र चियापत्तीको मूल्य २३ प्रतिशतले महँगो भएको छ ।

खाने पिउने कुराको मात्र होइन अन्य सामानको मू्ल्यमा पनि भारी वृद्धि भएको छ । नुहाउने, लुगाधुने साबुनदेखि सलाइको डब्बाको मूल्य २५ प्रतिशतले बढेको छ ।

कपडाको मूल्य १८ प्रतिशत, जुत्ताको मूल्य १९ प्रतिशत र प्लास्टिकका सामानको मूल्य १९ प्रतिशतले बढेको छ । गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ जो करिब ९५ प्रतिशत वृद्धि भएको छ । बिजुलीको दर ८७ प्रतिशत बढेको छ ।

खालिदा ख्वाजा घरमा खर्च धान्न निकै मुस्किल परेको बताउँछिन् । उनका चार छोराछोरी छन् । दुई जना रोजगार छन् । उनका पति सानो कारोबार गर्छन् र उनका छोरा हालसालै निजी क्षेत्रमा जागिरे भएका छन् । खर्चको तुलनामा आम्दानी भने नबढेको उनी बताउँछिन् । तीन वर्ष पहिलाकै कमाइ अहिले भए पनि महँगी भने बढेको उनको भनाइ छ ।

‘आवश्यकता त्यही छ तर महँगी यति धेरै बढेको छ कि पाँच हजार रुपैयाँ लिएर जाँदा दुई थैला सामान पनि आउँदैन ‘ उनले भनिनन् । हेरक सामान खरिद अघि आफूले यो सामान नभए पनि गुजारा चल्छ कि चल्दैन भनेर सोच्न बाध्य हुने गरेको उनको भनाइ छ ।

खालिदा सोध्छिन्, ‘के खान पिउन छोड्न सकिन्छ ? के तेल घ्यू आटा दाल छाड्न सकिन्छ ?’त्यसो त कुखुरा र मासुमा उनको पहुँच पहिलै पुग्न छाडिसकेको छ । पहिला रहेक पटक जाता खाना पकाउने उनको अहिले दिउँसो पकाएर रातिसम्मलाई पुर्‍याउने प्रयास हुन्छ ।

उनी भन्छिन्, ‘ पहिला बिर्यानी पकाउथें अब चना-चावल(भात) पकाउँछु । यही कटौती हो, जो हामी गर्न सक्छौं ।’

उनलाई पिरोल्ने अर्को समस्या हो बिजुलीको बिल । बिजुलीको बिल धेरै आउने भएका कारण उनीहरुले हिसाब गरेर बिजुलीका सामान चलाउने गरेका छन् । खालिका भन्छिन्, ‘बिजुलीको बिल सबैभन्दा भारी हुन्छ । हामी दुई मध्ये एक एसी चलाउँछौं त्यो पनि निकै गर्मी भएको खण्डमा मात्र । यसका अलावा फ्रिज चलाउँछौं । वासिंग मेसिन हप्तामा एक पटक मात्र । तर यसपटक बिजुलीको बिल ३० हजारको आएको छ ।’

पेट्रोलको मूल्य त यति धेरै भएको छ कि मोटरसाइकल चलाउने बेला विचार गर्नुपर्ने अवस्था छ । पुरुषहरुले बढी मात्रमा मोटरसाइकल चढ्ने भए पनि पछिल्लो समय भने यसमा कमी भएको उनी बताउँछिन् । इष्टमित्रका जानु पर्‍यो र मोटरसाइकलमा जानु पर्दा त्यहाँ लाने उपहारसमेत जोड्दा निकै महँगो पर्ने जाने उनी बताउँछिन् ।


क्लिकमान्डु