महालक्ष्मी विकास बैंकद्वारा तीज विशेष ‘नारी सम्मान अभियान’ सार्वजनिक



काठमाडौं । महालक्ष्मी विकास बैंकले हरितालिका तीज – २०७९ को अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ ।

भदौ महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङका साथसाथै लकर सेवामा ५० प्रतिश छुट प्रदान गरिने कुरा बैंकले जनाएको छ ।

विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले नारीहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको हो ।

देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।


क्लिकमान्डु